लन्डन – बेलायत सरकारले आफ्नो नियम परिधि नाघ्ने निजी कलेजहरु बन्द गर्ने क्रम जारी छ । अध्यागमन नियन्त्रण गर्ने प्रमुख अजेण्डाकै हिस्सा स्वरुप अन्तर्राष्ट्रिय विद्यार्थी फर्काउन सरकारले निजी कलेजमाथि निसाना बनाउंदै आएको हो ।
यस क्रममा लन्डन ह्वाइट च्यापलस्थित फाइनान्स एण्ड टेक्नोलोजी इस्टिच्युट अफ लन्डनको लाइसेन्स खारेज भएको छ । त्यहाँ अध्ययनरत विद्यार्थीलाई होम अफिसले ६० दिनको समय दिएर अर्को कलेज खोज्न वा स्वदेश र्फकन भनेको छ । होम अफिसले आफ्नो नियम परिधि नाघेको ठहर गर्दै गत १५ मेमा उक्त शैक्षिक
संस्थाको लाइसेन्स खारेज गरिदिंदा त्यहाँ अध्ययनरत कम्तीमा एकसय नेपाली विद्यार्थीको ६ करोड ६४ लाख रुपैयाँ डुब्ने भएको छ । कलेज व्यवस्थापनले सिधै शुल्क फिर्ता दिने नीति (रिफण्ड पोलिसी) छैन् भन्दै पैसा फिर्ता दिन आनाकानी गरेपछि विद्यार्थीको भारी रकम डुब्ने निश्चित भएको हो । कलेजले प्रति विद्यार्थी लेभल ७ को ४ हजार २ सय ५० पाउण्डका दरले फि उठाएको थियो । उसले कन्फर्मेशन अफ एसेप्टेन्स् फर स्टुडेन्टस् (सिएएस) पनि अन्धाधुन्ध जारी गरेको थियो जुन लाइसेन्स खारेजीको कारक बन्यो ।
‘त्यत्रो पैसा खन्याइयो न पढाइ न भिसा साथमा छ’, एक विद्यार्थी आक्रोश पोख्छन्, ‘कलेजमा लाइब्रेरी र कम्प्युटरका त के कुरा, ट्वाइलेटमा टिस्यू पेपर पनि हुन्थेन ।’ ति विद्यार्थीका अनुसार, साँघुरो एउटा कक्षा कोठाभित्र लेभल ५, ६ र ७ को पढाइ एकैपटक हुन्थ्यो । त्यहां विद्यार्थीलाई सुविधाको नाममा परिचयपत्र बाहेक केही नभएको ब्यंग्य विद्यार्थी गर्छन् ।
बंगाली, भारतीय र पाकिस्तानी तीन जना मिलेर खोलिएको उक्त ‘भिजा’ कलेजका सञ्चालक विद्यार्थी सामुन्ने पर्नै चाहेका छैनन् । कलेज सञ्चालक मध्ये एक राजसंग सम्पर्क गर्न खोज्दा उनी बोल्न चाहेनन् । उक्त कलेजमा नेपाली विद्यार्थी लाने एजेन्टहरु तरुण मिश्र र प्रमोद अधिकारीले पनि आफूहरुलाई साथ नदिएको गुनासो विद्यार्थीहरुको छ । उनीहरु सम्पर्क बाहिर छन् ।
होम अफिसले ५ जनवरी २०१५ मा जारी गरेको तथ्यांकमा सरकारले १ मे २०१० देखि ७ अक्टोबर २०१४ सम्म ८४० निजी कलेजका लाइसेन्स खारेज गरिदिएको छ ।
केही महिनाअघि नेपाली व्यवसायीद्वारा सञ्चालित साउथ लन्डन कलेजको लाइसेन्स खारेजी हुँदा पनि सयौं नेपाली विद्यार्थी प्रभावित भएका थिए ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य