लन्डन । गठन भएको वर्ष दिन पनि नबित्दै नेपलिज वुमन एसोसिएसन यूकेको समाजसेवा तीव्र छ । महिला सशक्तिकरणमा बल पुग्ने विभिन्न कार्यक्रम गरिसकेको उक्त संस्थाले भूकम्प पीडितदेखि जेलमा रहेका वालवालिकाको समेत सहयोग गरेको छ ।
एसोसिएसनले हालैमात्र प्रिजनर्स एसोसिएसन नेपाललाई अढाई लाख रुपैयां पठाएको एसोसिएसनकी कोषाध्यक्ष सितु खरेलले जनाइन् । केही महिनाअघि च्यारिटी गरि संकलित रकम प्रिजनर्स असिस्टेन्स् नेपालकी संरक्षक इन्दिरा रानालाई पठाइएको हो । उक्त च्यारिटीमा गायक योगेश्वर अमात्यले एक लाख रुपैयां, चेल्सी एण्ड केन्जिंटन बरो काउन्सिल मेयरले ५ सय पाउण्ड लगायत अन्य दाताबाट रकम संकलन भएको थियो ।
यसबाहेक लन्डन दूतावासमार्फत प्रधानमन्त्री राहत तथा उद्दार कोषमा एकहजार पाउण्ड दिइसकेको उक्त एसोसिएसनले भूकम्प पीडितको सहयोगार्थ आगामी २२ जुलाईमा दूतावासमै फेरि एक च्यारिटी गर्ने भएको छ । कोषाध्यक्ष खरेलले उक्त च्यारिटीमा सहभागी भएर भूकम्प पीडितलाई सहयोग गरिदिन आग्रह गरेकी छिन् ।
एसोसिएसनकी अध्यक्ष आरती श्रेष्ठले अप्ठेरो परिस्थितिमा सहयोग गर्नु आफूहरुको दायित्व भएको बताइन् ।
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक