
लन्डन । लन्डनको नर्थवेष्ट आसपासमा नेपाली र अन्य समुदायलाई सेवा दिंदै आएको योर ड्राइभिङ स्कुलले भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ । स्कुलले शुक्रबार ब्लु अर्किड रेष्टुरेन्टमा एक च्यारिटी डिनर गरि संकलित रकम एकहजार २९५ पाउण्ड नेपाली दूतावासमार्फत पीडितलाई प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासका थर्ड सेक्रेटरी बाबुकाजी डंगोललाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएको रकम दूतावासमार्फत प्रधानमन्त्री राहत कोष पुग्नेछ ।
स्कुलका सदस्य तथा अन्य आमन्त्रित गरि करिब एकसय ५० जना सहभागी च्यारिटी डिनरमा प्रमुख अतिथी डंगोल र स्कुलका वरिष्ठ सदस्य प्रसाद थेवेले भूकम्पमा दिवंगतहरुको सम्झनामा दीप प्रज्वलन गरेका थिए । उक्त अवसरमा स्कुलका सदस्य होमराज विष्टले स्वागत मन्तव्य सहित कार्यक्रम सञ्चालन गरेका थिए ।
हाल दश दक्ष सदस्य रहेको उक्त स्कुलले भविष्यमा पनि यस खालका सामाजिक काम गर्ने प्रण गरेको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा