लण्डन । भूकम्पबाट ध्वस्त संरचनाहरुको पुनर्निर्माणमा विदेशमा काम गरिरहेका नेपाली प्राविधिक जनशक्तिलाई प्रयोग गर्न माग गरिएको छ । लण्डनबाट प्रसारण हुने गोरखा च्यानलले यहाँस्थित नेपाली दूताबासमार्फत प्रधानमन्त्री सुशील कोइरालालाई पठाएको ज्ञापन पत्रमा विदेशमा रहेका र देशका लागि केही गर्न इच्छा राख्ने दक्ष जनशक्तिलाई पुनर्निर्माण कार्यमा समेट्न सार्वजनिक रुपमा आह्वान गर्न माग गरिएको छ ।
यस्तै, हाल प्रधानमन्त्री दैवी प्रकोप कोषमार्फत सहयोग संकलन र वितरण हुँदै आएकोमा अझै जनमानसमा अन्यौल र अविश्वास रहेकाले जनतालाई आश्वस्त तुल्याउन सरकार, राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक समाज र गैर आवासीय नेपाली संघका प्रतिनिधि रहेको उच्चस्तरीय समिति गठन गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ ।
गोरखा च्यानलका निर्देशक राजेन्द्र भट्टले कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीलाई उक्त ज्ञापन बुझाएका हुन् ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक