लण्डन । भूकम्पबाट ध्वस्त संरचनाहरुको पुनर्निर्माणमा विदेशमा काम गरिरहेका नेपाली प्राविधिक जनशक्तिलाई प्रयोग गर्न माग गरिएको छ । लण्डनबाट प्रसारण हुने गोरखा च्यानलले यहाँस्थित नेपाली दूताबासमार्फत प्रधानमन्त्री सुशील कोइरालालाई पठाएको ज्ञापन पत्रमा विदेशमा रहेका र देशका लागि केही गर्न इच्छा राख्ने दक्ष जनशक्तिलाई पुनर्निर्माण कार्यमा समेट्न सार्वजनिक रुपमा आह्वान गर्न माग गरिएको छ ।
यस्तै, हाल प्रधानमन्त्री दैवी प्रकोप कोषमार्फत सहयोग संकलन र वितरण हुँदै आएकोमा अझै जनमानसमा अन्यौल र अविश्वास रहेकाले जनतालाई आश्वस्त तुल्याउन सरकार, राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक समाज र गैर आवासीय नेपाली संघका प्रतिनिधि रहेको उच्चस्तरीय समिति गठन गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ ।
गोरखा च्यानलका निर्देशक राजेन्द्र भट्टले कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीलाई उक्त ज्ञापन बुझाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते