लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स यूकेले नेपालमा भूकम्प पीडितलाई दिन ९ हजार १९२ पाउण्ड ३८ पेन्स् (करिब साढे १४ लाख रुपैयां) संकलन गरेको छ । उक्त संगठनले https://mydonate.bt.com/fundraisers/soneuk मार्फत रकम संकलन गरेको हो ।
संगठनका महासचिव राजेश पाठकले दाताहरुप्रति आभार व्यक्त गर्दै संकलित रकम लन्डन दूतावासमार्फत प्रधानमन्त्री राहत कोषमा पठाइने जनाए । महासचिव पाठकले १५ जुनसम्म थप रकम संकलन गरेर दूतावासमा प्रदान गरिने जनाउंदै इच्छुक दाताहरुलाई त्यो समयावधिसम्म सहयोग गरिदिन समेत आग्रह गरेका छन् ।
यसअघि उक्त संगठनले काठमाण्डौंको क्षति मुल्यांकनका लागि खटिएका इन्जिनियरहरुको सहयोगार्थ ७ सय पाउण्ड र लन्डन दूतावासमार्फत थप ७ सय पाउण्ड नेपाल पठाइसकेको छ ।
संगठनले नेपालको पुनर्निर्माणका लागि गर्न सकिने सम्भावनाबारे छलफल गर्न एउटा सेमिनार समेत आयोजना गर्ने भएको छ । संगठनले सेमिनार बेग्लै गर्ने वा समर भेटघाटकै अवसरमा छलफल गरि उक्त भेटघाटलाई च्यारिटीमा परिणत गर्ने भन्नेबारे सबैसंग राय समेत मागेको छ ।
साथै संगठनले गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेको नेतृत्वमा गैर आवासीय नेपालीबाट भूकम्प पीडितहरुका लागि भएको राहत तथा उद्दार प्रयास र संघले एकहजार घर बनाइदिन गरेको प्रतिवद्धताको प्रशंसा समेत गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते