लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स यूकेले नेपालमा भूकम्प पीडितलाई दिन ९ हजार १९२ पाउण्ड ३८ पेन्स् (करिब साढे १४ लाख रुपैयां) संकलन गरेको छ । उक्त संगठनले https://mydonate.bt.com/fundraisers/soneuk मार्फत रकम संकलन गरेको हो ।
संगठनका महासचिव राजेश पाठकले दाताहरुप्रति आभार व्यक्त गर्दै संकलित रकम लन्डन दूतावासमार्फत प्रधानमन्त्री राहत कोषमा पठाइने जनाए । महासचिव पाठकले १५ जुनसम्म थप रकम संकलन गरेर दूतावासमा प्रदान गरिने जनाउंदै इच्छुक दाताहरुलाई त्यो समयावधिसम्म सहयोग गरिदिन समेत आग्रह गरेका छन् ।
यसअघि उक्त संगठनले काठमाण्डौंको क्षति मुल्यांकनका लागि खटिएका इन्जिनियरहरुको सहयोगार्थ ७ सय पाउण्ड र लन्डन दूतावासमार्फत थप ७ सय पाउण्ड नेपाल पठाइसकेको छ ।
संगठनले नेपालको पुनर्निर्माणका लागि गर्न सकिने सम्भावनाबारे छलफल गर्न एउटा सेमिनार समेत आयोजना गर्ने भएको छ । संगठनले सेमिनार बेग्लै गर्ने वा समर भेटघाटकै अवसरमा छलफल गरि उक्त भेटघाटलाई च्यारिटीमा परिणत गर्ने भन्नेबारे सबैसंग राय समेत मागेको छ ।
साथै संगठनले गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेको नेतृत्वमा गैर आवासीय नेपालीबाट भूकम्प पीडितहरुका लागि भएको राहत तथा उद्दार प्रयास र संघले एकहजार घर बनाइदिन गरेको प्रतिवद्धताको प्रशंसा समेत गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा