लन्डन । पर्यटकीय शहर कर्नवालको फालमाउथ निवासी एक नेपाली व्यवसायीले भूकम्प पीडितका लागि १९ लाख रुपैयां संकलन गरेका छन् । व्यवसायी हेमकान्त सेढाईंले फ़ल्मोउथस्थित बाल्टी करिज र सेन्ट अस्टेलस्थित गोर्खा रेष्टुरेन्टमा च्यारिटी डिनर गरि त्यो रकम संकलन गरेका हुन् । १७ वर्षदेखि कर्नवाल बस्दै आएका सेढाईंले स्थानीय स्कुलमा खाना बनाएर समेत रकम संकलन गरेका थिए । च्यारिटीबाट करिब ५ हजार पाउण्ड बराबरको जिन्सी समेत संकलन भएको छ ।
सेढाईं आज शुक्रवार १६ लाख रुपैयां बोकेर नेपाल जांदैछन् । चितवन निवासी उनले आफूसंग रहेको पैसा कहां कसरी खर्चने भन्नेबारे नेपालमै सल्लाह गरेर प्रदान गर्ने जनाए । उनका साथ कर्निस् नागरिक जेसन मार्क विल्किन्सन पनि औषधिसहित नेपाल उड्दैछन् । नेपालप्रति हुरुक्कै हुने विल्किन्सन आफ्नै खर्चमा करिब ४० केजी औषधिजन्य सामान जस्तै सिटामोल, न्यूरोफेन, पानी सफा गर्ने ट्याब्लेट, टुथ पेष्ट, टुथ ब्रस, एन्टिसेप्टिक क्रिम, ब्यान्डेज् आदि लिएर नेपाल जान लागेका हुन् ।
भूकम्प आउंदा नेपालमै रहेका सेढाईंले यसअघि काभ्रेको वालुवामा करिब ५ लाख रुपैयां खर्च गरेको जनाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते