लन्डन । पर्यटकीय शहर कर्नवालको फालमाउथ निवासी एक नेपाली व्यवसायीले भूकम्प पीडितका लागि १९ लाख रुपैयां संकलन गरेका छन् । व्यवसायी हेमकान्त सेढाईंले फ़ल्मोउथस्थित बाल्टी करिज र सेन्ट अस्टेलस्थित गोर्खा रेष्टुरेन्टमा च्यारिटी डिनर गरि त्यो रकम संकलन गरेका हुन् । १७ वर्षदेखि कर्नवाल बस्दै आएका सेढाईंले स्थानीय स्कुलमा खाना बनाएर समेत रकम संकलन गरेका थिए । च्यारिटीबाट करिब ५ हजार पाउण्ड बराबरको जिन्सी समेत संकलन भएको छ ।
सेढाईं आज शुक्रवार १६ लाख रुपैयां बोकेर नेपाल जांदैछन् । चितवन निवासी उनले आफूसंग रहेको पैसा कहां कसरी खर्चने भन्नेबारे नेपालमै सल्लाह गरेर प्रदान गर्ने जनाए । उनका साथ कर्निस् नागरिक जेसन मार्क विल्किन्सन पनि औषधिसहित नेपाल उड्दैछन् । नेपालप्रति हुरुक्कै हुने विल्किन्सन आफ्नै खर्चमा करिब ४० केजी औषधिजन्य सामान जस्तै सिटामोल, न्यूरोफेन, पानी सफा गर्ने ट्याब्लेट, टुथ पेष्ट, टुथ ब्रस, एन्टिसेप्टिक क्रिम, ब्यान्डेज् आदि लिएर नेपाल जान लागेका हुन् ।
भूकम्प आउंदा नेपालमै रहेका सेढाईंले यसअघि काभ्रेको वालुवामा करिब ५ लाख रुपैयां खर्च गरेको जनाए ।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार