लन्डन । भूकम्पपछि पीडितको उद्दार तथा राहतका लागि बेलायतले पठाएका तीन ब्रिटिश मिलिट्री हेलिकप्टर ‘चिनुक’ नेपाल सरकारले उड्न नदिंदा करदाताको एक मिलियन पाउण्ड (करिब १५ करोड ६० लाख रुपैयां) त्यसै खेर गएको छ ।
बेलायती अधिकारीहरुसंगको पटक पटकको छलफलपछि पनि नेपाल सरकारले ति हेलिकप्टर अवतरण गर्दा कमजोर भौतिक संरचना (घर) झन् भत्किन सक्ने बहाना बनाउंदै उडान अनुमति नदिएपछि भारतको चण्डिगढ एयर बेसमा झण्डै महिना दिन कुरेर चिनुक फर्कन वाध्य भएका थिए । बेलायत सरकारले भने यस्तै विपत्तिका बेला सकेसम्म क्षति नगरि उद्दार गर्न चिनुक छानिएको बताएको थियो । सन् २००५ मा पाकिस्तानमा शक्तिशाली भूकम्प जांदा पनि चिनुक नै प्रयोगमा ल्याइएको बेलायती अधिकारीहरुको भनाइ छ ।
डेली मेलले बेलायतको रक्षा श्रोतलाई उधृत गर्दै भनेको छ, उड्न नदिइनुका कारण अरु नै छन् । समाचारमा राहत तथा उद्दारमा यूके जस्ता अन्तर्राष्ट्रिय मुलुक अघि सरे आफू ओझेल परिने डरले चीन र भारतले नेपाललाई अनुमति नदिन दवाव दिएका दावी गरिएको छ । साथै, नेपाल आर्मीका कर्णेल कुमार लामालाई बेलायतले यातना अभियोगमा मुद्दा चलाएपछि नेपाल आर्मीले त्यही रिसमा उडान अनुमति नदिन दवाव दिएको दावीसहितको समाचार डेली मेलले छापेको छ ।
मिसन असफल भएपछि बेलायत सरकारले शुरुमै नबुझी चिनुक पठाउन नहुने भन्दै आलोचना समेत भएको छ । पूर्व एयर डिफेन्स् चिफ एवं चालक दलका क्याप्टेन एन्ड्रियू ल्याम्बर्टले बेलायती रक्षा मन्त्रालयप्रति आलोचना गर्दै नेपाललाई शुरुमै चाहिने हो होइन राम्ररी बुझ्नु पर्थ्यो भनेका छन् । ‘हामीसंग तीनवटा चिनुक छन्, त्यो पठाउंदा तिमीहरु खुशी हुन्छौ ? भनेर सोध्न नसक्नु मै सरकार चुक्यो’, ल्याम्बर्टको आक्रोश छ । चिनुकले धेरै सहायता गर्न सक्ने बताउंदै उनले नेपाल सरकारले त्यो नचाहनु निराशाजनक र लाजमर्दो भएको पनि बताए ।
ल्याम्बर्टका अनुसार, नेपाल मिसनमा जांदा पाइलट, इन्जिनियरसहित एकसय जना क्रुको खर्चमात्र ५ लाख पाउण्ड भएको छ ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो