लण्डन । साहित्यकार तथा नेकपा एमाले नेता प्रदीप नेपालको प्रमुख आतिथ्यमा लण्डनमा हुन लागेको एक साहित्यिक कार्यक्रम नेपालले भिसा नपाएपछि स्थगित हुने भएको छ ।
अन्तर्राष्ट्रिय वाङमय प्रतिष्ठानको आयोजनामा लण्डनमा डायस्पोरामा पारिजात विषयक गोष्ठी र पुरस्कार वितरणमा नेपाललाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको थियो ।
पटकपटक मन्त्री भइसकेका र यसअघि पनि थुप्रैपटक बेलायत आएका नेपाललाई बेलायतले भिसा नदिएको उनले सामाजिक सन्जालबाट पुष्टि गरेका छन् ।
नेपालले भिसा नपाएपछि कार्यक्रम स्थगित गरिएको जानकारी प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्यले दिए ।
उनले विहीबार एक विज्ञप्ति जारी गर्दै साहित्यकार नेपाललाई भिसा नदिँदा नेपाली डायस्पोरा विकासको प्रयासमा अपूरणीय क्षति भएको ठहर गरेका छन् । विज्ञप्तिमा नेपालजस्ता साहित्यकारलाई बिना रोकटोक भिसा दिन पनि बेलायतसित आग्रह गरिएको छ ।
प्रतिष्ठानले वार्षिक रुपमा विशेष समारोह आयोजना गर्ने गरेको छ । प्रतिष्ठानले यसअघि सन् २०१३ मा एकै चोटि ४ वटा किताब प्रकाशन गरेको थियो भने पूर्व सभासद शान्ता चौधरीलाई पुरस्कृत गरेको छ ।
गत वर्ष प्रतिष्ठानले कवि तुलसी दिवसको प्रमुख आथित्यमा विपी कोइरालाको शत वार्षिकी समारोह मनाएको थियो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक