लन्डन । ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठका अवसरमा हुने विशेष कार्यक्रममा बेलायती महारानी सहभागी हुने तय भएको छ । रोयल हस्पिटल चेल्सीमा आगामी ९ जुनमा हुने ‘गोर्खा २०० पेजेन्ट’ मा महारानी एलिजावेथ द्धितियासहित शाही परिवारका सदस्यहरुको उपस्थिति हुने भएको हो । कार्यक्रमका अवसरमा महारानी र अन्य शाही सदस्यहरुले आयोजकसहित सेवारत गोर्खा र भेट्रानहरुलाई भेट्ने कार्यक्रम छ ।
दि गोर्खा वेलफेयर ट्रष्टको सहयोगार्थ हुन लागेको उक्त इभेन्टमा डुक अफ एडिनबरा प्रिन्स फिलिप, द प्रिन्स अफ वेल्स् चार्ल्स र प्रिन्स ह्यारीको समेत सहभागिता हुने कार्यक्रम छ । गोर्खा वेलफेयर ट्रष्टले नेपालमा रहेका भूतपूर्व गोर्खाहरुको आर्थिक तथा औषधोपचारमा सहयोग गर्दैै आएको छ ।
ब्रिटिश शाही परिवारका समाचारमा विश्वसनीय ठानिने रोयल सेन्ट्रलका अनुसार, त्यसदिन गोर्खा इतिहास स्मरण र ब्रिगेड अफ गोर्खाज् व्याण्डको प्रस्तुति रहनेछ । उक्त अवसरमा महिनादिन अघि नेपालमा आएको विनाशकारी भूकम्पमा दिवंगत हुनेहरुप्रति श्रद्धाञ्जलि अर्पण समेत गरिनेछ । रानी र प्रिन्स चार्ल्सले डिजास्टर इमर्जेन्सी कमिटी (डिइसी) मार्फत नेपालका भूकम्प पीडितलाई व्यक्तिगत सहयोग समेत गरिसकेका छन् ।
गोर्खाहरुप्रति शाही परिवारको बेग्लै सद्भाव छ । प्रिन्स चार्ल्सले सन् २०१२, अप्रिलमा सर जोन मुर ब्यारेक फोक्सटोनस्थित दि रोयल गोर्खा राइफल्स् रेजिमेन्ट भ्रमण गरेका थिए । प्रिन्स चार्ल्स दि रोयल गोर्खा राइफल्स्का कर्णेल इन चिफ एवं गोर्खा सम्मिलित जि २०० सगरमाथा आरोहण दल, दि गोर्खा वेलफेयर ट्रष्ट र दि ब्रिटेन नेपाल मेडिकल ट्रष्टका संरक्षक समेत हुन् । उता, प्रिन्स ह्यारी दि रोयल गोर्खा राइफल्स् फष्ट बटालियनमा संलग्न रहेर गोर्खाहरुका साथ अफगानिस्तान युद्धमा उत्रिसकेका छन् ।
यसै वर्ष ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष पुग्दैछ । यस अवसरमा बेलायत र नेपालमा विभिन्न कार्यक्रम तय भएका छन् । दुई शताव्दीयता गोर्खाहरुले ब्रिटिश फोर्ससंग प्रमुख युद्धमोर्चामा संगै लड्दै आएका छन् ।
प्रथम र दोश्रो विश्वयुद्धमा ४० हजार बढि गोर्खाले ज्यान गुमाइसकेको विश्वास छ । हालसम्म १३ गोर्खाहरुले ब्रिटिश सेनाको सर्वोच्च पदक भिक्टोरिया क्रस (भिसी) पाइसकेका छन् ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ