लन्डन । नेपालमा गत महिना गएको भूकम्पबाट पीडित परिवारहरुको सहयोग र पुनर्स्थापना तथा भत्किएका संरचनाहरुको पुननिर्माण उद्देश्य राखी लण्डन स्थित फर्स्ट लाइन हेल्प नामक संस्थाले च्यारिटी कार्यक्रमको आयोजना गरेको छ।
पश्चिम लन्डनको बोस्टन म्यानरमा अवस्थित नेपाली रेस्टुरेन्ट मन्टीज उषामा मंगलबार साँझ आयोजित उक्त च्यारिटी डिनर कार्यक्रममा उल्लेख्य संख्यामा नेपाली युवा तथा बिदेशीहरु सहभागी भए ।
करिव १०० जना सहभागी उक्त कार्यक्रम साँझ ६ बजे शुरु भएको थियो। कार्यक्रममा सहभागीहरुले नेपालको धरहरा अंकित टि-शर्ट हरु पनि खरिद गरेर थप रकम संकलन गरेका थिए । संस्थाले जनाए अनुसार उक्त च्यारिटीबाट संकलित रकम सोझै पीडित परिवारहरुको पुनर्स्थापनाको लागि खासगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा, तथा भूकम्पमा परि कामै नलाग्ने गरि भत्किएका भौतिक संरचनाहरु जस्तै विद्यालय र अस्पताल भवन निर्माणको लागि प्रदान गरिने छ।
उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै संस्थाका संयोजक ईश्वर रिजालले आमन्त्रित बिदेशी पाहुनाहरुलाई नेपाल केहि अन्तरास्ट्रिय समाचार संस्थाहरुले प्रचार गरेजस्तो असुरक्षित नरहेको र भ्रमण गर्न प्रेरित गरे। “विश्व सम्पदा सुचीमा रहेका प्राय ऐतिहासिक संरचनाहरु अझै सुरक्षित छन् र नेपालका ८ जिल्ला बाहेक भूकम्पको असर अरु ठाउँमा नगन्य छ। यदि तपाईहरु नेपाललाई साच्चिकै सहयोग गर्न चाहनुहुन्छ भने नेपाल भ्रमण गर्नुहोस – यो भन्दा ठूलो सहयोग अहिले केहि हुन सक्दैन,” उनले भने।
आयोजक संस्थाले जनाए अनुसार यसअघि संस्थाले नेपालका अति प्रभावित सिन्धुपाल्चोक र धादिंग जिल्लामा पुगेर मे महिनाको पहिलो हप्तामा नै प्रथम चरणको सहायता कार्यक्रम सम्पन्न गरिसकेको छ। जस अनुसार ५० बढी पीडित परिवारहरुलाई जस्ता पाता, खाद्यान्न तथा नगद र जिन्सी सहयोग गरिएको संस्थाका सन्तोष राज खरेलले जनाएका छन्। संस्थाका अमेरिका तथा कतार स्थित सदस्यहरुबाट पनि पहिलो चरणको सहायता कार्यक्रमको लागि करिब ३ लाख बराबरको रकम संकलन गरिएको संस्थाका प्रकाश सापकोटाले जनाए ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य