लन्डन । नेपालमा गत महिना गएको भूकम्पबाट पीडित परिवारहरुको सहयोग र पुनर्स्थापना तथा भत्किएका संरचनाहरुको पुननिर्माण उद्देश्य राखी लण्डन स्थित फर्स्ट लाइन हेल्प नामक संस्थाले च्यारिटी कार्यक्रमको आयोजना गरेको छ।
पश्चिम लन्डनको बोस्टन म्यानरमा अवस्थित नेपाली रेस्टुरेन्ट मन्टीज उषामा मंगलबार साँझ आयोजित उक्त च्यारिटी डिनर कार्यक्रममा उल्लेख्य संख्यामा नेपाली युवा तथा बिदेशीहरु सहभागी भए ।
करिव १०० जना सहभागी उक्त कार्यक्रम साँझ ६ बजे शुरु भएको थियो। कार्यक्रममा सहभागीहरुले नेपालको धरहरा अंकित टि-शर्ट हरु पनि खरिद गरेर थप रकम संकलन गरेका थिए । संस्थाले जनाए अनुसार उक्त च्यारिटीबाट संकलित रकम सोझै पीडित परिवारहरुको पुनर्स्थापनाको लागि खासगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा, तथा भूकम्पमा परि कामै नलाग्ने गरि भत्किएका भौतिक संरचनाहरु जस्तै विद्यालय र अस्पताल भवन निर्माणको लागि प्रदान गरिने छ।
उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै संस्थाका संयोजक ईश्वर रिजालले आमन्त्रित बिदेशी पाहुनाहरुलाई नेपाल केहि अन्तरास्ट्रिय समाचार संस्थाहरुले प्रचार गरेजस्तो असुरक्षित नरहेको र भ्रमण गर्न प्रेरित गरे। “विश्व सम्पदा सुचीमा रहेका प्राय ऐतिहासिक संरचनाहरु अझै सुरक्षित छन् र नेपालका ८ जिल्ला बाहेक भूकम्पको असर अरु ठाउँमा नगन्य छ। यदि तपाईहरु नेपाललाई साच्चिकै सहयोग गर्न चाहनुहुन्छ भने नेपाल भ्रमण गर्नुहोस – यो भन्दा ठूलो सहयोग अहिले केहि हुन सक्दैन,” उनले भने।
आयोजक संस्थाले जनाए अनुसार यसअघि संस्थाले नेपालका अति प्रभावित सिन्धुपाल्चोक र धादिंग जिल्लामा पुगेर मे महिनाको पहिलो हप्तामा नै प्रथम चरणको सहायता कार्यक्रम सम्पन्न गरिसकेको छ। जस अनुसार ५० बढी पीडित परिवारहरुलाई जस्ता पाता, खाद्यान्न तथा नगद र जिन्सी सहयोग गरिएको संस्थाका सन्तोष राज खरेलले जनाएका छन्। संस्थाका अमेरिका तथा कतार स्थित सदस्यहरुबाट पनि पहिलो चरणको सहायता कार्यक्रमको लागि करिब ३ लाख बराबरको रकम संकलन गरिएको संस्थाका प्रकाश सापकोटाले जनाए ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च