लण्डन । नेपालमा गत महिना गएको महाभूकम्प पीडितहरुको सहयोगका लागि लण्डनस्थित प्लमस्टिडका युवाहरुले च्यारिटी आयोजना गरेका छन् ।
साईजल गुरुङको संयोजकत्वमा यहाँका युवाहरु मिलेर लण्डनको उलीचस्थित लोटाज क्लबको हलभित्र विभिन्न मनोरञ्जनात्मक गीतहरु प्रस्तुत गरेर च्यारिटी सम्पन्न गरिएको थियो ।
कार्यक्रममा करिब ३०० जना युवायुवती सहभागी थिए ।
कार्यक्रममा लाईभ ब्याण्डमा दाजुभाई ग्रुप, आरके स्क्वाएर, अभियान, प्रतिक राना तथा प्रतिभा तामाङ आदिले संगीत र गीतहरु प्रस्तुत गरेर सहभागीहरुलाई मनोरञ्जन दिलाएका थिए । त्यस्तै लाईभ ब्याण्डमा गीतहरुको प्रस्तुतिको साथसाथै नृत्यहरु प्रस्तुत गरिएको थियो ।
सिन्स टिम, नभोउ गलेइ घले, एलिजा श्रेष्ठ, खोडे व्याईज तथा प्रमिला मगरको कार्यक्रममा विशेष नृत्य रहेको थियो ।
च्यारिटीका लागि मनोरञ्जनात्मक कार्यक्रम शुरु गर्नुअघि महाभूकम्पमा दिवंगत भएकाहरुप्रति श्रद्धान्जलीस्वरुप एक मिनेट मौन धारणा तथा राष्ट्रिय गान र द्वीप प्रज्वलन गरिएको थियो ।
कार्यक्रमलाई दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनले विशेष सहयोग गर्नुका साथै युवाहरुको मनोबल बढाउनका लागि अध्यक्ष श्रीचन्द्र गुरुङ तथा समाजका सह–कोषाध्यक्ष ह्यारी गुरुङको विशेष भूमिका थियो ।
कार्यक्रमबाट नेपालका भूकम्प पीडितहरुका लागि करिब पच्चीस सय पाउण्ड राहत रकम संकलन गरिएको कार्यक्रम संयोजक साईजल गुरुङले बताए ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न