लण्डन । नेपालमा गत महिना गएको महाभूकम्प पीडितहरुको सहयोगका लागि लण्डनस्थित प्लमस्टिडका युवाहरुले च्यारिटी आयोजना गरेका छन् ।
साईजल गुरुङको संयोजकत्वमा यहाँका युवाहरु मिलेर लण्डनको उलीचस्थित लोटाज क्लबको हलभित्र विभिन्न मनोरञ्जनात्मक गीतहरु प्रस्तुत गरेर च्यारिटी सम्पन्न गरिएको थियो ।
कार्यक्रममा करिब ३०० जना युवायुवती सहभागी थिए ।
कार्यक्रममा लाईभ ब्याण्डमा दाजुभाई ग्रुप, आरके स्क्वाएर, अभियान, प्रतिक राना तथा प्रतिभा तामाङ आदिले संगीत र गीतहरु प्रस्तुत गरेर सहभागीहरुलाई मनोरञ्जन दिलाएका थिए । त्यस्तै लाईभ ब्याण्डमा गीतहरुको प्रस्तुतिको साथसाथै नृत्यहरु प्रस्तुत गरिएको थियो ।
सिन्स टिम, नभोउ गलेइ घले, एलिजा श्रेष्ठ, खोडे व्याईज तथा प्रमिला मगरको कार्यक्रममा विशेष नृत्य रहेको थियो ।
च्यारिटीका लागि मनोरञ्जनात्मक कार्यक्रम शुरु गर्नुअघि महाभूकम्पमा दिवंगत भएकाहरुप्रति श्रद्धान्जलीस्वरुप एक मिनेट मौन धारणा तथा राष्ट्रिय गान र द्वीप प्रज्वलन गरिएको थियो ।
कार्यक्रमलाई दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनले विशेष सहयोग गर्नुका साथै युवाहरुको मनोबल बढाउनका लागि अध्यक्ष श्रीचन्द्र गुरुङ तथा समाजका सह–कोषाध्यक्ष ह्यारी गुरुङको विशेष भूमिका थियो ।
कार्यक्रमबाट नेपालका भूकम्प पीडितहरुका लागि करिब पच्चीस सय पाउण्ड राहत रकम संकलन गरिएको कार्यक्रम संयोजक साईजल गुरुङले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते