लन्डन । बेलायती महारानी एलिजावेथ द्धितियले बुधवार कन्जरभेटिभ नेतृत्वको सरकारले अबको पांच वर्ष संसदमा लागू गर्ने कानुनबारे सम्वोधन गरेकी छिन् । कन्जरभेटिभको वहुमतपछि सन् १९९२ यता रानीको यो पहिलो सम्वोधन हो ।
रानीले प्रस्तुत गरेको अध्यागमन विधेयकमा प्रहरीलाई गैर कानुनी कामदारहरुको ज्याला जफत गर्न सक्ने अधिकार प्रदान गरिएको छ । यसमा सरकारले अध्यागमन नियन्त्रण गर्ने र मिहिनेती एवं कडा परिश्रम गर्ने बेलायती परिवारलाई पहिलो प्राथमिकता दिने योजना छ । साथै, रोजगारदाताहरुलाई पहिले विज्ञापन नगरि कुनै पनि जनशक्ति बेलायत बाहिरबाट ल्याए अपराधकै रुपमा कानुनी कारवाही गरिने छ ।
यो संसदमा अबको पांच वर्ष आयकर, भ्याट र नेशनल इन्सुरेन्स वृद्धि नहुने भएको छ । सातामा तीस घण्टा न्यूनतम ज्यालामा काम गर्ने कामदारको आयकर (इन्कम ट्याक्स) समेत नकाटिने भएको छ । प्रधानमन्त्री डेभिड क्यामरुनले तीस मिलियन जनताको कर काट्ने सवालमा कत्ति समय वर्वाद नगर्ने घोषणा गरेका छन् ।
यस अलवा मानवअधिकार ऐन खारेजीको योजना भने कम्तीमा एकवर्ष पछाडि सरेको छ ।
क्यामरुन नेतृत्वको सरकारले २८ युरोपेली मुलुक सदस्य रहेको युरोपेली युनियनमा बेलायत सदस्य रहने नरहनेबारे सन् २०१७ को अन्तिमसम्म जनमत गर्ने भएको छ । उक्त जनमतमा यहांको आम निर्वाचन जस्तै बेलायती, कमनवेल्थ र आइरिस रिपव्लिकका जनताले मतदान गर्न पाउनेछन् ।
वालवालिका हेरचाह सम्वन्धि विधेयक चाइल्ड केयर विलले तीन र चार वर्षका वालवालिकालाई साताको ३० घण्टा निशुल्क हेरचाहको व्यवस्था गरेको छ ।
रोजगारी तथा वेलफेयर बेनिफिट्स विधेयकमा २० लाख नयां रोजगारी प्रदान गरिने तर वेलफेयर बेनिफिट्स २६ बाट २३ हजार पाउण्डमा झार्ने उल्लेख छ । यसमा ट्याक्स क्रेडिट, चाइल्ड बेनिफिट र वर्किङ एज बेनिफिट दुई वर्षका लागि फ्रिज गर्ने लक्ष्य छ ।
सरकारले हाउजिङ विधेयक, स्कटल्याण्ड, वेल्स् र नर्दन आयरल्याण्ड विधेयक, ट्रेड युनियन, क्रिमिनल जस्टिस, बैंक अफ इंग्ल्याण्ड, आर्म फोर्सेस विधेयक, च्यारिटी, इनर्जी, इन्टरप्राइज लगायत विधेयक समेत प्रस्तुत गरेको छ ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक