लन्डन । बेलायती महारानी एलिजावेथ द्धितियले बुधवार कन्जरभेटिभ नेतृत्वको सरकारले अबको पांच वर्ष संसदमा लागू गर्ने कानुनबारे सम्वोधन गरेकी छिन् । कन्जरभेटिभको वहुमतपछि सन् १९९२ यता रानीको यो पहिलो सम्वोधन हो ।
रानीले प्रस्तुत गरेको अध्यागमन विधेयकमा प्रहरीलाई गैर कानुनी कामदारहरुको ज्याला जफत गर्न सक्ने अधिकार प्रदान गरिएको छ । यसमा सरकारले अध्यागमन नियन्त्रण गर्ने र मिहिनेती एवं कडा परिश्रम गर्ने बेलायती परिवारलाई पहिलो प्राथमिकता दिने योजना छ । साथै, रोजगारदाताहरुलाई पहिले विज्ञापन नगरि कुनै पनि जनशक्ति बेलायत बाहिरबाट ल्याए अपराधकै रुपमा कानुनी कारवाही गरिने छ ।
यो संसदमा अबको पांच वर्ष आयकर, भ्याट र नेशनल इन्सुरेन्स वृद्धि नहुने भएको छ । सातामा तीस घण्टा न्यूनतम ज्यालामा काम गर्ने कामदारको आयकर (इन्कम ट्याक्स) समेत नकाटिने भएको छ । प्रधानमन्त्री डेभिड क्यामरुनले तीस मिलियन जनताको कर काट्ने सवालमा कत्ति समय वर्वाद नगर्ने घोषणा गरेका छन् ।
यस अलवा मानवअधिकार ऐन खारेजीको योजना भने कम्तीमा एकवर्ष पछाडि सरेको छ ।
क्यामरुन नेतृत्वको सरकारले २८ युरोपेली मुलुक सदस्य रहेको युरोपेली युनियनमा बेलायत सदस्य रहने नरहनेबारे सन् २०१७ को अन्तिमसम्म जनमत गर्ने भएको छ । उक्त जनमतमा यहांको आम निर्वाचन जस्तै बेलायती, कमनवेल्थ र आइरिस रिपव्लिकका जनताले मतदान गर्न पाउनेछन् ।
वालवालिका हेरचाह सम्वन्धि विधेयक चाइल्ड केयर विलले तीन र चार वर्षका वालवालिकालाई साताको ३० घण्टा निशुल्क हेरचाहको व्यवस्था गरेको छ ।
रोजगारी तथा वेलफेयर बेनिफिट्स विधेयकमा २० लाख नयां रोजगारी प्रदान गरिने तर वेलफेयर बेनिफिट्स २६ बाट २३ हजार पाउण्डमा झार्ने उल्लेख छ । यसमा ट्याक्स क्रेडिट, चाइल्ड बेनिफिट र वर्किङ एज बेनिफिट दुई वर्षका लागि फ्रिज गर्ने लक्ष्य छ ।
सरकारले हाउजिङ विधेयक, स्कटल्याण्ड, वेल्स् र नर्दन आयरल्याण्ड विधेयक, ट्रेड युनियन, क्रिमिनल जस्टिस, बैंक अफ इंग्ल्याण्ड, आर्म फोर्सेस विधेयक, च्यारिटी, इनर्जी, इन्टरप्राइज लगायत विधेयक समेत प्रस्तुत गरेको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो