
गोर्खाहरुको साहस र इमान्दारितालाई बेलायती राजपरिवार देखि सर्वसाधारण जनतासम्मले उच्च प्रशंसा गर्ने गरेका छन् । तस्विरः अलामी
लन्डन । आकर्षक ब्याज पाउने प्रलोभनमा गोर्खाहरुले एउटा कम्पनीमा ३० मिलियन पाउण्ड (करिब ४ अर्ब ७२ करोड रुपैयां) खन्याएको तथ्य प्रकाशमा आएको छ । बेलायती अखवारहरुले यसबारे एक पछि अर्को समाचार प्रकाशित गरिरहंदा डेली एक्सप्रेसले लन्डनस्थित क्यापिटल वोर्ल्ड मार्केटको मासिक ५ प्रतिशत ब्याज दिने आश्वासनमा गोर्खाहरुले त्यत्ति भारी रकम डुबाएको तथ्य सार्वजनिक गरेको हो ।
ब्रिटिश आर्मी ब्रिगेडका गोर्खाहरु यस्तो प्रलोभनमा फंसेको अखवारको रिपोर्टमा छ ।
प्रहरीले लगानीकर्ता ६० जना गोर्खाहरुको पहिचान गर्दै उनीहरुलाई अगाडि आएर यथार्थ विवरण पेस गर्न अपिल गरिरहेको छ । तर, गोर्खाहरु यसमा बोल्न आनाकानी गरिरहेका छन् । अबको दुई सातासम्म पनि पीडितहरुबाट यथार्थ विवरण नआए सिधै मिलिट्री बेसमै गएर गोर्खा रेजिमेन्ट सदस्यहरुलाई यदि लगानी गरेको हो भने विवरण दिन अपिल गर्ने तयारी भइरहेको अखवारले लेखेको छ ।
चिफ इन्सपेक्टर डेभिड म्यान्लेले गोर्खा र नेपाली समुदायबाट सहयोग चाहिरहेको जनाएका छन् । उनले यदि कसैले लगानी गरेको भए विवरण दिन अपिल गर्दै बरु त्यो गोप्य राखिने बताए ।
प्रहरीले गत मार्चमा कम्पनी सम्वद्ध दश पुरुष र तीन महिलालाई जालसांझी तथा मुद्रा अपचलनको आशंकामा हेरोन टावर लन्डनबाट पक्राउ गरेको थियो । पछि उनीहरु सेप्टेम्बर सम्मका लागि जमानतमा छाडिए । अहिलेसम्म उनीहरुलाई कुनै चार्ज लगाइएको छैन् । प्रहरीले क्यापिटल वोर्ल्ड मार्केटका सबै कम्प्युटर र फाइल भने जफत गरेको छ ।
पत्रिकाका अनुसार, पीडितहरुले 020 7601 6830 वा वैकल्पिक एक्सन फ्रडको फोन नम्बर 0300 123 2040 मा सम्पर्क गर्न सक्नेछन् ।
तर, सिडब्लुएम प्रवक्ताले भने मिडिया आरोपहरुको खण्डन गरेका छन् । उनले नेपाली र गोर्खा समुदायसंग काम गर्न पाउनु सुःखद भएको जनाउंदै गोर्खाहरुप्रतिमात्र लक्षित गरेर उनीहरुलाई प्रलोभनमा पारिएको भन्ने खवरप्रति आपत्ति जनाएका छन् ।
ति प्रवक्ताले प्रहरीलाई यसबारे थप अनुसन्धान गर्न आग्रह गरेको जनाउंदै यस मुद्दामा हालसम्म कसैलाई अभियोग नलगाइएको पनि स्पष्ट पारेका छन् ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार