लन्डन । बेलायतको नेपाली समुदायमा उनलाई ‘च्यारिटी किङ’ ठान्नेहरु अत्यधिक 
छन् । कारण, च्यारिटी उनको दिनचर्या भित्र छ । गत वर्ष उनकै संयोजनमा बेलायतबाट हेल्प नेपाल नेटवर्कका लागि एक करोड २० लाख रुपैयां संकलन भयो ।
गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नबोरोका सञ्चालक सूर्य गुरुङले विगत दशवर्ष 
(सन् २००४) यता आफ्नो रेष्टुरेन्टमा प्रत्येक वर्ष च्यारिटी कार्यक्रम गरेर नेपाल र बेलायती समुदायका लागि आर्थिक सहयोग गर्दै आएका 
छन् ।
सन् २००४ मा पोखरा रंगशाला घेर्न पर्खाल निर्माणका लागि ५० लाख रुपैयां उठाएर पठाएका गुरुङको त्यसयताको निरन्तर समाजसेवाबाट प्रभावित हुने अत्यधिक छन् । स्थानीय च्यारिटी कार्यक्रममा बोलाउंदा आम व्यवसायी जस्तो उनको न कहिल्यै बैठक हुन्छ, न पारिवारिक कमिटमेन्ट । कार्यक्रममा सहभागी भइहाल्छन् उनी ।
यसपटक उनको दयाभाव फेरि जागृत भएको छ । भूकम्प लगत्तै उनको मन आम नेपाली जस्तै विक्षिप्त बन्यो । अरु बेला त सहयोग भनेपछि आफ्नो प्राण दिन तयार रहने एनआरएनए यूके पूर्व अध्यक्ष गुरुङले अहिलेको यो विपत्तिमा चुप लाग्ने त कुरै थिएन । तिनै पीडितका लागि आर्थिक सहयोग जुटाउन उनले आफ्नै रेष्टुरेन्टमा च्यारिटी डिनर कार्यक्रम गरे २५ मे सोमबार । गुरुङले शतप्रतिशत विदेश सहभागी उक्त कार्यक्रमबाट संकलित रकम (मे अन्तिमसम्म संकलन जारी रहेकाले हिसाब बांकी) र आफ्नो व्यक्तिगत गरि १४ लाख रुपैयां दिने घोषणा गरेका छन् । च्यारिटीमा उठेको रकम सतप्रतिशत पीडितलाई दिने उनको अठोट छ ।
च्यारिटीमा वर्तमान सांसद तथा पूर्व मन्त्री जेराल्ड होवार्थ दम्पत्ति, पूर्व मेयर, रोटरी क्लबाट १७ पदाधिकारी, स्थानीय स्कुलका शिक्षक, विद्यार्थी अनि गर्भनर लगायत नेपाललाई माया गर्ने बेलायती सहभागी थिए । सहभागीले नेपाली चिया, टिसर्ट, पश्मिना समेत किनेर आर्थिक सहयोग गरे ।
गुरुङले व्यक्तिगत रुपमा यसअघि एनआरएनए आइसीसीलाई एकहजार पाउण्ड र भूकम्प पीडित पत्रकारलाई ५० हजार रुपैयां दिइसकेका छन् । उनले व्यक्ति एक्लैले केही गर्न सम्भव नभएकाले पुननिर्माणमा सबैको उत्साहजनक सक्रियताको खांचो औंल्याए ।
सबै तस्विरहरुः मिलन तमु
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य