
लन्डन । डार्टफोर्ड नेपलिज कम्युनिटी यूके भूकम्प पीडितका लागि आर्थिक सहयोग जुटाउन क्रियाशिल भएको छ । उसले हालसम्म ५१०० पाउण्ड (करिब ८ लाख रुपैयां) संकलन गरिसकेको जनाएको छ ।
गत सप्ताहन्तमा संस्थाले एक च्यारिटी डिनर कार्यक्रम गरि भूकम्प पीडितका लागि एकहजार तीनसय १८ पाउण्ड संकलन गरेको छ । डाटफोर्ड बरो काउन्सिल मेयर अवतार सन्धु, काउन्सिलर बच्चु कैलाश कैनीसहित करिब एकसय जना सहभागी उक्त च्यारिटीमा राफल चिट्ठा, लिलाम बढाबढ, प्रवेश शुल्क र बकेट घुमाएर चन्दा उठाइएको हो ।
च्यारिटी बाहेक कम्युनिटीका सदस्य र शुभचिन्तकहरुबाट १८०० पाउण्ड, डाटफोर्ड बरो काउन्सिलबाट एकहजार पाउण्ड एवं गुरुद्धारा डाटफोर्डबाट ९८० पाउण्ड गरि ५१०० पाउण्ड संकलन भएको कम्युनिटी आवद्ध राजेश पाठकले जनाएका छन् । कम्युनिटीको चन्दा संकलन कार्य जारी छ ।
डार्टफोर्ड सोसियल क्लवमा आयोजित च्यारिटी डिनरमा बाबुराम गुरुङ, सुनिता गौतम, दिपक थापा, भावना जिमी, पारिजात पाठक, दिप्ता थापा, उमाकान्त गुरुङ, दिपा कोइराला, सृजना सिटौला, गिता गुरुङ, सरिता घले र लिन्से फ्राइको समूहले सांस्कृतिक कार्यक्रम गरेको थियो । उक्त अवसरमा तेजेन्द्र
फेराली र जेनिस कटुवालले नेपालको दयनीय अवस्था झल्कने चित्र प्रस्तुत गरेका थिए ।
च्यारिटी डिनर सफल बनाउन काउन्सिलर बच्चु कैलाश कैनीले विभिन्न काउन्सिलरएवं अतिथीहरुलाई निम्त्याएका थिए भने एलान डेभिस्ले लिलाम बढाबढका लागि फ्रेम र चर्चबाट सहभागी ल्याउन सहयोग गरेका थिए । त्यस्तै, डार्टफोर्ड रग्बी क्लवका जोन डेभिस्, नर्थ वेष्ट केन्ट कलेजका साम, काउन्सिलर टोम म्याडिसन, डार्टफोर्ड सोसियल क्लव, चन्दिका भट्ट, बाबुराम गुरुङ, रमेश गुरुङ र राजेश पाठकले राफल चिट्ठाका लागि पुरस्कार प्रायोजन गरिदिएका थिए ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने