
लन्डन । डार्टफोर्ड नेपलिज कम्युनिटी यूके भूकम्प पीडितका लागि आर्थिक सहयोग जुटाउन क्रियाशिल भएको छ । उसले हालसम्म ५१०० पाउण्ड (करिब ८ लाख रुपैयां) संकलन गरिसकेको जनाएको छ ।
गत सप्ताहन्तमा संस्थाले एक च्यारिटी डिनर कार्यक्रम गरि भूकम्प पीडितका लागि एकहजार तीनसय १८ पाउण्ड संकलन गरेको छ । डाटफोर्ड बरो काउन्सिल मेयर अवतार सन्धु, काउन्सिलर बच्चु कैलाश कैनीसहित करिब एकसय जना सहभागी उक्त च्यारिटीमा राफल चिट्ठा, लिलाम बढाबढ, प्रवेश शुल्क र बकेट घुमाएर चन्दा उठाइएको हो ।
च्यारिटी बाहेक कम्युनिटीका सदस्य र शुभचिन्तकहरुबाट १८०० पाउण्ड, डाटफोर्ड बरो काउन्सिलबाट एकहजार पाउण्ड एवं गुरुद्धारा डाटफोर्डबाट ९८० पाउण्ड गरि ५१०० पाउण्ड संकलन भएको कम्युनिटी आवद्ध राजेश पाठकले जनाएका छन् । कम्युनिटीको चन्दा संकलन कार्य जारी छ ।
डार्टफोर्ड सोसियल क्लवमा आयोजित च्यारिटी डिनरमा बाबुराम गुरुङ, सुनिता गौतम, दिपक थापा, भावना जिमी, पारिजात पाठक, दिप्ता थापा, उमाकान्त गुरुङ, दिपा कोइराला, सृजना सिटौला, गिता गुरुङ, सरिता घले र लिन्से फ्राइको समूहले सांस्कृतिक कार्यक्रम गरेको थियो । उक्त अवसरमा तेजेन्द्र
फेराली र जेनिस कटुवालले नेपालको दयनीय अवस्था झल्कने चित्र प्रस्तुत गरेका थिए ।
च्यारिटी डिनर सफल बनाउन काउन्सिलर बच्चु कैलाश कैनीले विभिन्न काउन्सिलरएवं अतिथीहरुलाई निम्त्याएका थिए भने एलान डेभिस्ले लिलाम बढाबढका लागि फ्रेम र चर्चबाट सहभागी ल्याउन सहयोग गरेका थिए । त्यस्तै, डार्टफोर्ड रग्बी क्लवका जोन डेभिस्, नर्थ वेष्ट केन्ट कलेजका साम, काउन्सिलर टोम म्याडिसन, डार्टफोर्ड सोसियल क्लव, चन्दिका भट्ट, बाबुराम गुरुङ, रमेश गुरुङ र राजेश पाठकले राफल चिट्ठाका लागि पुरस्कार प्रायोजन गरिदिएका थिए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित