लन्डन । नेपालमा प्रलयकारी भूकम्प गएको महिना दिन बितिसकेको छ । तर, त्यसको विनाशले छियाछिया नेपालीको मन अझै थामिएको छैन् । अकल्पनीय धनजनको क्षतिबाट प्रवासका नेपाली विक्षिप्त छन् । पीडितहरुका लागि उनीहरुबाट आर्थिक सहयोग जारी छ, दिवगंतको सम्झनामा प्रार्थना सभा भइरहेका छन् ।
बितेको विकेन्ड शनिवार हाउन्स्लो काउन्सिलले एक प्रार्थना सभा गरेको छ । प्राकृतिक विपत्तिको मार नेपाल एक्लैले खेपेपनि सभामा बेलायतीसहित विभिन्न समुदायको ऐक्यवद्धता र साथ रह्यो ।
क्विन्स् गोर्खा सिग्नल्स्का एक जवानले पाइपर धुन बजाएपछि शुरु प्रार्थनासभामा रोयल ब्रिटिश लिजन आवद्ध भेट्रानहरुले झण्डा आधा झुकाएर श्रद्धाञ्जलि अर्पण गरे ।
हाउन्स्लो हाइ स्टिट चर्च अगाडि आयोजित सभामा दिवंगतहरुको सम्झनामा एक मिनेट मौन धारण गरियो भने धर्म गुरुङ (लामा), चर्च अफ इंग्ल्याण्ड, गुरुद्धारा, हाउन्स्लो जामे मस्जिद, हिन्दू मन्दिर लगायतबाट आएका धार्मिक नेताहरुले समेत शोक मन्तव्यसहित प्रार्थना गरे ।
लन्डन बरो अफ हाउन्स्लोका उपमेयर विष्णु गुरुङको पहलमा आयोजित उक्त प्रार्थना सभामा गुरुङले बेलायती जनताले नेपालप्रति देखाएको सहयोगी भावनाको कदर गरे । सांसदहरु रुथ क्याडबरी र सिमा मल्होत्राले नेपालको विपत्तिको खवर सुन्नुपर्दा ज्यादै दुःख लागेको बताउंदै अब नेपालको पुनर्निमाणमा सबैको सहयोग जरुरी रहेको औंल्याए । हाउन्स्लो मेयर कोरिना स्मार्ट, मेट्रोपोलिटन पुलिस हाउन्स्लोका पुलिस सार्जेन्ट मार्क ओन्वी, गोर्खा नेपलिज कम्युनिटी हाउन्स्लोका अध्यक्ष राम पोमु लगायतले दिवगंतप्रति श्रद्धाञ्जली अर्पण गरे । मन्तव्य समापनपछि मैनवत्तिले बनाइएको नेपालको नक्सामा उपस्थित अतिथी र सर्वसाधारणले दीप प्रज्वलन गरे ।
कार्यक्रम सफल बनाउन नेपाल पत्रकार महासंघ यूके र हेल्प नेपाल नेटवर्क यूकेले उल्लेख्य सहयोग गरेका थिए । प्रार्थनासभाको क्रममा केही स्वयंसेवकहरुले भूकम्प पीडितलाई पठाउन हेल्प नेपाल नेटवर्कमार्फत चन्दा समेत संकलन गरे । विनिता बस्नेत, मीना थापा, रीना आचार्य र अन्जना तामाङको समूहले भूकम्प पीडितका लागि ८ सय ९० पाउण्ड संकलन गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते