
नेपाली साहित्य विकास परिषद यूके पदाधिकारी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीलाई आर्थिक रकम हस्तान्तरण गर्दै
लन्डन । लन्डनस्थित नेपाली दूतावासले आफ्नो अर्थक्वेक रिलिफ फण्डमा संकलित रकममध्ये हालसम्म ६५ हजार पाउण्ड (एक करोड रुपैयां बढि) प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा पठाएको छ । शुक्रबारसम्म ९५ हजार पाउण्ड संकलन भइसकेको कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले जनाएका छन् ।
डिजास्टर इमर्जेन्सी कमिटी (डिइसी) ले हालसम्म बेग्लै ५६ मिलियन पाउण्ड उठाइ रहंदा दूतावास कोषमा उक्त रकम संकलन भएको हो । दातामा सर्वसाधारण देखि ब्रिटिश, भारतीय र मुश्लिम समुदाय सम्म छन् । हिन्दू टेम्पल ट्रष्ट साउथहल, अल्डरसोट एण्ड फार्नबोरो मुश्लिम एजुकेशन सोसाइटी, माइलइण्ड बेंगाली मुश्लिम कम्युनिटी, रेडब्रीज इण्डियन वेलफेयर एसोसिएसन च्यारिटी, ब्रिटेन नेपाल सोसाइटी, नेटवेष्ट बैंक, सोसाइटी अफ हाइल्ली स्किल्ड, एभरेष्ट इन ग्रुप, नेपाली साहित्य विकास परिषद यूके आदिले दूतावास कोषमा रकम हालेका हुन् ।
दूतावासका कुटनीतिक तथा स्थानीय कर्मचारीले पनि आफ्नो मासिक तलवको १५ प्रतिशत (करिब सांढे तीन लाख रुपैयां) भूकम्प पीडितलाई दिएका छन् । क्षेत्रीले अन्य विभिन्न नेपाली संघसंस्थाले पनि चन्दा संकलन गरिरहेकाले दूतावास कोषमा कम्तीमा तीन करोड रुपैयां जम्मा हुने विश्वास व्यक्त गर्दै संकलन गरिसकेका संघसंस्थालाई यथासम्भव छिटो रकम दूतावास कोषमा दाखिला गर्न आग्रह गरे ।
क्षेत्रीले सहयोग रकम सही सदुपयोग, समुचित तथा पारदर्शीरुपमा भूकम्प पीडितहरुलाई उद्धार, राहत, पुनसर््थापना तथा पुनःनिर्माण लगायतमा उपयोग गर्न नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने जनाए । ‘सरकारलाई विश्वास गर्नुस्’, कार्यवहाक राजदूत क्षेत्रीले भने, ‘यस्तो महाविपत्तिका बेला टिकाटिप्पणी भन्दा पनि सबै एकजुट भएर विषम परिस्थितिको सामना गर्न जरुरी छ ।’
भूकम्पपछि दूतावासमा स्थापना गरिएको हेल्प डेस्कमा मात्र सहयोग सम्वन्धि जिज्ञासाका दुई हजार ५ सय कल आइसकेको दूतावासले जनाएको छ । सातै दिन खुल्ला रहने उक्त हेल्प डस्कमार्फत राहत सामाग्री दिन, पठाउन र आर्थिक सहयोग प्रदान गर्न इच्छुकलाई जानकारी दिइएको छ ।
दूतावासले इच्छुक दाताहरुलाई Prime Minister’s Disaster Relief Fund वा दूतावासको NatWest Bank, Notting Hill Gate Branch, Account No:05537339, Sort Code: 60-15-33 मा रकम जम्मा गरी सो को जानकारी दूतावासलाई दिन समेत अनुरोध गरेको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च