
यी स्कुले बालक इशान र ह्यारिसले डोंकाष्टर, साउथ योर्कसायरस्थित बेसिकार प्राइमरी स्कुलबाट दुई सय पाउण्ड संकलन गरेका छन्
लन्डन । बेलायतमा दर्ता भएको सामाजिक संस्था एजुकेशन नेपाल यूकेले भूकम्प पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । संस्थाका प्रवन्ध निर्देशक शैलेश ओझाका अनुसार, संस्थाले हालसम्म करिब एकहजार ५० पाउण्ड र २० वटा टेन्ट गोर्खा पठाएको हो ।
डोंकाष्टर, साउथ योर्कसायरको स्थानीय एफएम, रेडियो मार्फत ओझाले सहयोग अपिल गरेपछि स्थानीय नागरिकले सहयोग प्रदान गरेका हुन् । ‘सहयोग भन्ने कुरा ठूलो सानो हुन्न, आफ्नो क्षेत्रबाट जसले जति गर्न सक्छ त्यो गर्नु नै नैतिक कर्तव्य हो, ओझाले भने ।
चन्दा संकलन कार्य जारी रहेको ओझाले बतााए । स्थानीय काउन्सिलरले पनि सहयोगको वचन दिएका छन् ।
उता, ओझाका दुई छोरा इशान र ह्यारिस ओझाले डोंकाष्टर, साउथ योर्कसायरस्थित बेसिकार प्राइमरी स्कुलमा गत शुक्रबार चन्दा संकलन कार्य गरि दुई सय पाउण्ड संकलन गरेका छन् ।
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार