
लन्डन । लन्डनस्थित एक अफिसमा रिसेप्सनिष्टको काम गर्ने खौ गुरुंगले भूकम्प पीडितका लागि आफ्नो एकल पहलमा केही आर्थिक रकम संकलन गरेका छन् । पोखरा स्थायी घर भएका उनले आफू काम गर्ने अफिसका १५० जना कर्मचारीहरुबाट एकहजार दुई सय ४६ पाउण्ड (करिब एक लाख ९० हजार रुपैयां) संकलन गरि डिजास्टर इमर्जेन्सी कमिटीलाई हस्तान्तरण गरिसकेका छन् ।
१५ वर्ष यता बेलायत बस्दै आएका उनले संकलित रकम उल्लेख्य नभएपनि यसबाट अन्य नेपालीलाई समेत आ आफ्नो कार्यक्षेत्रबाट संकलन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
भूकम्पपछि विक्षिप्त बनेका उनले आफ्नो कार्यालयका सहकर्मीहरुसंग तहसनहस मातृभूमिबारे उल्लेख गरेका थिए । उनका सहकर्मीहरुले दुःखको घडीमा नेपाललाई सानै भएपनि सहयोग गर्न तत्परता देखाएको गुरुंगले जनाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते