लन्डन । ७ मेमा सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा नेपाली मुलका एक बेलायती दम्पत्ति एकैपटक निर्वाचित भएका छन् । श्रीमति लक्ष्मी गैरे र श्रीमान् शंकर गैरे स्वान्ली टाउन काउन्सिलको काउन्सिलर पदमा विजयी भएका हुन् । एउटै वडा र एउटै परिवारबाट निर्वाचित हुने उनीहरु सम्भवतः पहिलो नेपाली दम्पत्ति हुन् । दुवैको काउन्सिलरपछि डेपुटी मेयरमा पदोन्नति भएको छ ।
निर्वाचित १६ काउन्सिलहरुमध्येबाट एक मेयर र एकजना डेपुटी मेयर चुन्ने प्रचलन बमोजिम श्रीमान् शंकर गैरे डेपुटी मेयर छानिएपछि श्रीमति स्वतः डेपुटी मेयर घोषित भएकी हुन् । काउन्सिलरको अवधि ५ वर्ष भएपनि मेयर भने प्रत्येक वर्ष परिवर्तन हुने प्रक्रिया छ ।
यी दम्पत्तिले सत्तारुढ कन्जरभेटिभका तर्फबाट अत्यधिक मतले जितेका हुन् । शंकर गैरे सन् २०१० मा काउन्सिलरका लागि लडेपनि उनले ६ मतले मात्र पराजय भोगेका थिए । ब्रिटिशहरुको वाहुल्यता रहेको गैरेको क्षेत्रमा एसियन कोही छैनन् ।
रुपाकोट ९, गुल्मी स्थायी निवासी शंकर गैरे सन् २००५ यता पार्टीमा सक्रिय रुपमा क्रियाशिल छन् । सन् १९९४ मा पढ्न बेलायत आएका उनको यहां नेपाली समुदायसंग पनि निकट सम्वन्ध छ । यती नेपाली एसोसिएसन यूकेको सदस्य, महासचिव र वरिष्ठ उपाध्यक्ष रहेर काम गरिसकेका उनी नेपाली साहित्य विकास परिषद यूकेमा तीन कार्यकालसम्म सहअध्यक्ष थिए । नेपाल छंदा भलिवलका राष्टिय खेलाडी थिए उनी । हाल बेलायतमा उनको हेक्नी क्यारेज ब्ल्याक क्याब व्यवसाय छ ।
उता, सन् १९९७ मा बेलायत आएकी लक्ष्मी गैरे काउन्सिलरमा निर्वाचित हुने पहिलो नेपाली महिला भएको गैरे परिवारको विश्वास छ । उनी सन् २०१० देखि पार्टीमा लागेकी हुन् । गैरे दम्पत्तिका दुई छोरा छन् ।
निर्वाचित भएपछि गैरेले स्थानीय काउन्सिलको विकास योजना, अपराध नियन्त्रण, रेलवे लगायत सेवा विस्तारमा समय दिने अठोट व्यक्त गरेका छन् । निर्वाचित काउन्सिलरहरुको पहिलो बैठक आगामी १ जुनमा हुंदैछ ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य