लन्डन । शो गर्न बेलायत आएका बेला नायिका प्रियंका कार्कीले घुमघाम त्यत्ति गरिनन् कारण भूकम्पले देश र सारा जनता विक्षिप्त छन् । पूरै देश रोइरहेको बेला आफू रोमाण्टिक मुडमा सयर गर्न मनले पनि दिएन । तर, यूके आएको मौकामा उनले ‘गुड मेमोरी’ का लागि लन्डन केन्द्रमा फोटो सुट भने गराइन् । लन्डनका व्यवसायिक फोटोग्राफर कुशल श्रेष्ठसंग प्रियंकाले अन्जली केसीको पहिरनमा फोटोसुट गराएकी हुन् । त्यस क्रममा प्रियंकालाई सिंगार्नेे अर्थात मेकअपको जिम्मा पाएकी थिइन् प्रेक्षा बस्नेतले ।
गत नोभेम्बर, २०१४ मा खुलेको वेष्ट ड्रेटनस्थित आफ्नै हेयरपोर्ट हेयर एण्ड ब्युटी सलुनकी ब्युटिसियन प्रेक्षाले सेलिब्रेटीसंग काम गर्न पाएको त्यो पहिलो क्षण थियो । ‘प्रियंका दिदी सार्है फ्रेण्ड्ली लाग्यो’, प्रेक्षाले त्यो दिन स्मरण गरिन्, ‘शुरुमा जांदा एकले अर्कालाई चिन्दैनथ्यौं तर फर्कंदा घनिष्ट भएर छुट्टियौं ।’ प्रियंकाको गफ गर्ने, हांस्ने शैलीले प्रभावित भएको बताउंछिन् प्रेक्षा । ‘उहांको स्किन एकदम सफ्ट रहेछ’, उनी तारिफ गर्दै थिइन्, ‘धेरैको अनुहार कि ओइली कि ड्राइ हुन्छ तर दिदी (प्रियंका) को सार्है राम्रो र जे प्रडक्ट्स पनि सुहाउने रहेछ ।’
एकदिन प्रियंकासंग समय बिताउंदा प्रेक्षालाई भविष्यमा समेत कलाकारहरुसंग काम गर्ने इच्छा जागेको छ । भिन्न मान्छेसंग भिन्न वातावरणमा भेट हुने भएर आउटडोर कामप्रति उनको मोह जागेको हो । यसअघि उनले शान्ति गुरुङ मार्फत मिस यूके नेपालको एउटा संस्करणमा भिडियो तथा फोटोसुटका लागि मेकअपको जिम्मेवारी पाएकी थिइन् ।
सन् २००९ मा बेलायत आएकी उनी तीन वर्षको हेयर ड्रेसिङ कोर्समा क्वालिफाइड भएपछि व्युटिसियन पेशामा लागेकी हुन् । अहिले मम्मी विमला गुरुङसंग उनी पार्लर चलाइरहेकी छिन् । ‘नेपाली ग्राहकहरु आउने क्रम बढेको छ’, उनको अनुभव छ, ‘नेपाली दिदीबहिनी पनि आफ्नो सौन्दर्यताप्रति बढि सजग हुंदै गएको पाएकी छु ।’ प्रेक्षाका बाबा मनोज बस्नेत लन्डनमा थोरै मध्ये एक नेपाली पर्सनल फिटनेश ट्रेनर हुन् ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता