लन्डन । भूकम्पपछि उद्दार प्रयोजनले नेपाल पठाइएका तीन ब्रिटिश मिलिट्री हेलिकप्टर (चिनोक) उडानमा अनुमति नदिइएपछि बेलायतले आक्रोश पोखेको छ । नेपालको परराष्ट्र अधिकारीहरुले त्यस्ता हेलिकप्टर ज्यादै ठूला भएका र तिनले उडान भर्दा भूकम्प प्रभावित क्षेत्रका घरमा झन् क्षति पुग्ने चिन्ता व्यक्त गर्दै नेपाल छिर्न रोकेपछि बेलायतको आक्रोश आएको हो । बेलायतले संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुले सडक नपुगेको दुर्गम गाउंमा उद्दार तथा राहत सामाग्री वितरण गर्न अतिरिक्त हेलिकप्टर आवश्यक रहेको बताएपछि घरमा कुनै असर नपार्ने खालका ति हेलिकप्टर छानिएको प्रष्ट्याएको छ ।
दि रोयल एयर फोर्स (आरएएफ) का तीन हेलिकप्टर गत साता देखि नयां दिल्लीमा छन् । बेलायत सरकारका प्रवक्ताले मंगलबार यसबारे नेपालका अधिकारीहरुसंग वार्ता भइरहेको बताएको दि टाइम्सले छापेको छ । ‘हामीले छलफल गरिरहेका छौं । अझै पनि ति हेलिकप्टर उड्न अनुमति नदिइनु सांच्चिकै निराशाजनक छ’, ति प्रवक्ताको आक्रोश छ ।
बेलायतले पहिलो शक्तिशाली भूकम्प गएको पांच दिनपछि गत अप्रिल ३० मा चिनोक्स् नेपाल पठाउने घोषणा गरेको थियो । करिब ८ दशकपछि गएको उक्त विनाशकारी भूकम्पले ८ हजार बढिको ज्यान लिइसकेको छ भने १७ हजार ८०० जना घाइते भएका अनुमान छ ।
यो पीडाबीच मंगलबार मध्यान्ह गएको ७ दशमलव ३ रेक्टर स्केलको दोश्रो ठूलो भूकम्पले मुलुकभर ५ दर्जन जतिको हताहती र हजारौं घाइते भएका समाचार छ । भूकम्पबाट नेपालमा ८० लाख मानिस प्रत्यक्ष प्रभावित भएका छन् ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’