काठमाण्डौं । मंगलबार दिउसो गएको ७ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण मर्नेको संख्या ४२ पुगेको नेपाली अधिकारीहरुले जनाएका छन् । गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार देशभर १ हजार १ सय १७ जना घाइते भएका छन् ।
सगरमाथा नजिक नाम्चे बजारबाट ६८ किमी टाढा केन्द्रविन्दु बनाइ गएको भूकम्पबाट सिन्धुपाल्चोक र दोलखामा बढी क्षति भएको आंकलन छ । ८ हजार बढिको ज्यान जाने गरि तीन साता अघि गएको भूकम्पको त्रास र पीडा सेलाउन नपाउंदै मंगलबार मध्यान्हको भूकम्पले मानिसहरुमा थप सन्त्रास थपिदिएको छ । मानिसहरु खुल्ला चौरमा आश्रय लिइरहेका छन् ।
प्राप्त खवर अनुसार, दोलखामा १९ र सिन्धुपाल्चोकमा ९ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पाँच जनाको मृत्यु भएको छ । जसमा एक जनाको भूकम्पका कारण हृदयघात भएर निधन भएको हो । रामेछाप र सिन्धुलीमा २/२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । धनुषा, सर्लाही, रौतहट, सुनसरी र गोरखामा एक एक जनाको मृत्यु भएको छ ।
काठमाडौंमा ३५५, ललितपुरमा १६८, भक्तपुरमा १८२, सिन्धुपाल्चोकमा १००, दोलखामा २४ र काभ्रेमा ३८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण