काठमाण्डौं । मंगलबार दिउसो गएको ७ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण मर्नेको संख्या ४२ पुगेको नेपाली अधिकारीहरुले जनाएका छन् । गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार देशभर १ हजार १ सय १७ जना घाइते भएका छन् ।
सगरमाथा नजिक नाम्चे बजारबाट ६८ किमी टाढा केन्द्रविन्दु बनाइ गएको भूकम्पबाट सिन्धुपाल्चोक र दोलखामा बढी क्षति भएको आंकलन छ । ८ हजार बढिको ज्यान जाने गरि तीन साता अघि गएको भूकम्पको त्रास र पीडा सेलाउन नपाउंदै मंगलबार मध्यान्हको भूकम्पले मानिसहरुमा थप सन्त्रास थपिदिएको छ । मानिसहरु खुल्ला चौरमा आश्रय लिइरहेका छन् ।
प्राप्त खवर अनुसार, दोलखामा १९ र सिन्धुपाल्चोकमा ९ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पाँच जनाको मृत्यु भएको छ । जसमा एक जनाको भूकम्पका कारण हृदयघात भएर निधन भएको हो । रामेछाप र सिन्धुलीमा २/२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । धनुषा, सर्लाही, रौतहट, सुनसरी र गोरखामा एक एक जनाको मृत्यु भएको छ ।
काठमाडौंमा ३५५, ललितपुरमा १६८, भक्तपुरमा १८२, सिन्धुपाल्चोकमा १००, दोलखामा २४ र काभ्रेमा ३८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते