काठमाण्डौं । थापाथलीस्थित द ब्रिटिस कलेजले भूकम्पबाट अति प्रभावित नुवाकोटको सामरी गाविसमा राहत वितरण गरेको छ । भूकम्प गएको १३ दिन बितिसक्दा समेत कुनै पनि राहत नपाएका सामरीका २ र ३ नम्बर वडाका पीडितमाझ एक मेडिकल टोलीसहित ब्रिटिस कलेजको टोली उक्त स्थानमा पुगेर राहत वितरण गरेको हो ।
कलेजले पीडितहरुलाई २०० बोरा चामल, ६० थान त्रिपालसहित विभिन्न लत्ताकपडा पनि वितरण गर्यो । कलेजको व्यवस्थापन समूहकै सञ्चालनमा रहेको ब्रिटिस कलेजको भागिनी संस्था लन्डनस्थित निम ट्री फार्मेसीबाट पठाइएका विभिन्न औषधि, भिटामिन र बच्चाको दुध लगायतका सामाग्री पनि स्थानीयलाई बांडिएको थियो । ३ जना डाक्टर र दुई जना नर्ससहितको मेडिकल टोली लिएर सामरी पुगेको कंडेल ग्रुपले त्यहांका भूकम्प पीडितमाझ पहिलोपटक बिहिबार हेल्थ क्याम्प समेत चलाएको थियो ।
त्यसक्रममा भूकम्पबाट घाइते भएका तथा अन्य गरि झण्डै तीन दर्जन स्थानीयको उपचार गर्नका साथै आवश्यक औषधि वितरण गरिएको सामरी पुगेका कलेजका प्रमुख कार्यकारी निर्देशक राजन कंडेलले बताए । कंडेलको नेतृत्वमा गएको राहत टोलीमा स्वास्थ्यकर्मीबाहेक काठमाडौंस्थित द ब्रिटिश कलेजका कर्मचारी र विद्यार्थी समेत संलग्न थिए ।
भूकम्प पीडितका लागि ६० लाखको राहत बजेट बनाएको कंडेल ग्रुपले यसअघि काठमाडौं र सिन्धुपाल्चोक जिल्लाको सिमानामा पर्ने नाग्लेभारेमा पनि खाद्यान्न, त्रिपाल, लत्ता कपडालगायत राहत सामाग्री बांडिसकेको छ । निर्देशक कंडेलका अनुसार अब सिन्धुपाल्चोकका थप प्रभावित गाउंहरु पुग्ने उनीहरुको योजना छ । विशेष गरी शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउने कंडेल ग्रुपले मुख्यतः भूकम्पबाट भत्किएका विद्यालय भवनहरु निर्माणमा सहयोग केन्द्रित गर्ने जनाएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते