लण्डन । बेलायतस्थित केन्टबरी पिलग्रिम स्कुलको परिसरमा स्कुलका शिक्षकहरु, विद्यार्थीहरु र केन्टबरी नेपाली समाजले दिप प्रज्जलन गरी नेपालमा शक्तिशाली भुकम्पमा परी दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरे ।
महाभूकम्पको १३ अौँ तिथिका दिनमा केन्टबरीस्थित नेपाली समाजले आयोजना गरेको कार्यक्रममा दिवंगतहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजले आर्थिक सहयोग र राहत सामग्री संकलन गर्ने निर्णय गरेको जानकारी पिलग्रिम स्कुल खेल विभागका मास्टर राजेश राईले जानकारी दिए ।
स्कुलका प्रधानाध्यापक र उपप्रधानाध्यापकको संयोजन रहेको कार्यक्रममा केन्टबरी मेयर आलन्द नर्थ , ईथनिक माईनोरिटीका अध्यक्ष मिस्टर माईक वालिङ्ग, काउन्सिलर लिन बोवन, स्टी पोल्स चर्जका पादरी जे रिर्चड, केन्टबरी समाजका सल्लाहकार जीत घर्ती मगर, समाजसेबी सलिना राई, राजकुमार याख्खा, झापा निवासी कबिता राई साथै दोश्रो गोर्खा पल्टनका सार्जेन्ट अनिल राई , सार्जेन्ट कमल राईले श्रद्धान्जलि व्यक्त गर्दै दिप प्रज्वलन गरेका थिए ।
समारोहमा २ मिनेट मौनधारण गरेिएको थियो भने कार्यक्रम पिलग्रिम स्कुलका शिक्षिका सुजाता राईले संचालन गरेकी थिइन् ।
राष्ट्रिय विपतिको सामना गर्ने शक्ति नेपाल र नेपालीलाई प्राप्त होस् भनी केन्टबरी नेपाली समाज र बेलायती नागरिकले साथ दिएका थिए । स्कुलका साना साना भाइबहिनीहरुले “लेट्स प्रे फर नेपाल”, “स्टे स्ट्रोङ्ग नेपाल” जस्ता निती वाक्य शव्द भएको नेपाली झण्डा र हातमा क्याण्डिल बोकेको हेरेर उपस्थितहरुले आँशु थाम्न सकेनन् ।
स्कुलका प्रधानाध्यापक एलिस र शिक्षिका सुजताकोे संयोजकत्वमा केन्टबरी नेपाली समाजले आर्थिक सहयोग र राहत सामग्री संकलन गरी गोरखा वेलफेयर ट्रष्टमार्फत नेपाल पठाउने निर्णय गरेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते