लन्डन । बेलायतमा आयोजित २५५९ औं वुद्ध जयन्ती भूकम्प पीडितमा समर्पित हुंदै सम्पन्न भएको छ । वृद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले सप्ताहन्त रेडिंगमा आयोजना गरेको बुद्ध जयन्ती समारोह भूकम्पबाट दिवंगत हुनेहरुको सम्झनामा प्रार्थना गर्दै सकियो । उक्त अवसरमा मौनधारणासहित शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरिएको छ । गकर रिम्पोचे समेत उपस्थित समारोहमा पूजासहित पीडितहरुका लागि आर्थिक संकलन भएको बीसीसी यूके अध्यक्ष काजी शेर्पाले जनाए । करिब एक हजार सहभागी उक्त समारोहबाट संकलित मध्ये करिब चारहजार पाउण्ड पीडितहरुका लागि पठाइने सहमति भएको छ ।
बीसीसीले औषधिसहित करिब तीन टन अत्यावश्यक सामान नेपाल पठाउने तयारी समेत गरेको छ । सेन्टरले बेलायतबाट हालै भूकम्प प्रभावित क्षेत्रमा गएका २१ डाक्टर, दुईजना इन्जिनियर र दुई जना प्रशासक गरि २५ जनाको हवाइ खर्च बेहोरेको थियो । चिकित्सकको उक्त टोलीलाई अल्डरसटस्थित गुम्बामा पूजा पाठ गरेर विदाइ गरिएको थियो ।
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग