लन्डन । बेलायतमा आयोजित २५५९ औं वुद्ध जयन्ती भूकम्प पीडितमा समर्पित हुंदै सम्पन्न भएको छ । वृद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले सप्ताहन्त रेडिंगमा आयोजना गरेको बुद्ध जयन्ती समारोह भूकम्पबाट दिवंगत हुनेहरुको सम्झनामा प्रार्थना गर्दै सकियो । उक्त अवसरमा मौनधारणासहित शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरिएको छ । गकर रिम्पोचे समेत उपस्थित समारोहमा पूजासहित पीडितहरुका लागि आर्थिक संकलन भएको बीसीसी यूके अध्यक्ष काजी शेर्पाले जनाए । करिब एक हजार सहभागी उक्त समारोहबाट संकलित मध्ये करिब चारहजार पाउण्ड पीडितहरुका लागि पठाइने सहमति भएको छ ।
बीसीसीले औषधिसहित करिब तीन टन अत्यावश्यक सामान नेपाल पठाउने तयारी समेत गरेको छ । सेन्टरले बेलायतबाट हालै भूकम्प प्रभावित क्षेत्रमा गएका २१ डाक्टर, दुईजना इन्जिनियर र दुई जना प्रशासक गरि २५ जनाको हवाइ खर्च बेहोरेको थियो । चिकित्सकको उक्त टोलीलाई अल्डरसटस्थित गुम्बामा पूजा पाठ गरेर विदाइ गरिएको थियो ।
स्कटल्यान्डसँग नेपाल पराजित
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने