काठमाडौं। बलिउड अभिनेता आमिर खानले भूकम्प प्रभावित नेपाली बालबालिकालाई सहयोग गर्न अपिल गरेका छन्। राष्ट्र संघीय बालकोष (युनिसेफ) का दक्षिण एशियाका सद्भावना दूत खानले आफ्नो ट्विटरमार्फत यस्तो आह्वान गरेका हुन्। आफ्नो हालै भएको नेपाल भ्रमण स्मरण गर्दै अभिनेता खानले भूकम्पबाट मर्नेको संख्या बढ्दा त्यसले मन दुखाएको बताएका छन्।
उनले युनिफेसमार्फत सहयोगका लागि अपिल गरेका हुन्। करिब ६ महिना अघि काठमाडौंमा भएको कार्यक्रममा खानलाई सद्भावना दूत घोषित गरिएको थियो। उनले बालबालिकामाथि पोषणका लागि जोड दिँदै आएका छन्। भूकम्प भएको एक सातापछि युनिसेफले विज्ञप्ति जारी गर्दै केही सातापछि नै शुरु हुने मनसुनले भूकम्प प्रभावित बालबालिकामाथि गम्भीर असर पार्ने चेतवानी दिएको छ। भूकम्पबाट प्रभावित लाखौं बालबालिका घरवारविहीन भएको र आधारभूत स्वास्थ्य सेवा पाउन नसकेको युनिसेफले जनाएको छ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा