काठमाडौं। नेपालमा शनिबार गएको शक्तिशाली भूकम्पमा कम्तिमा ४० जना विदेशी नागरिकको निधन भएको छ। वि नेपालीले तयार पारेको हताहतीको सूचीमा शुक्रबार मध्यान्हसम्ममा ३४ विदेशी निधन भएको देखिएको हो। मृत्यु हुनेमा भारतका १३, चीन, अमेरिका, इटलीका ४-४, फ्रान्सका ३, बेल्जिमय, जर्मनी, नेदरल्यान्डका २-२, अस्ट्रेलिया, इस्टोनिया, हङकङ, जापान, न्युजिल्यान्ड, बेलायतका १-१ जना नागरिक छन्। 
अहिले पर्यटकीय उच्च सिजन छ। यो सिजनमा हिमाल आरोहण र पदयात्राका लागि हजारौं विदेश पर्यटक नेपाल आउने गरेका छन्।
भारतमा भूकम्पको कारण ७८ जनाको मृत्यु भएपनि नेपालभित्र १३ जना भारतीयको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। जसमा भारतीय राज्य आसामका ६ जना छन्।
त्यसैगरी केरालाका २ जना चिकित्सक, कस्मिरका पर्वतारोही, तेलगु अभिनेता के विजय र भारतीय दूतावासमा कार्यरत कर्मचारीको छोरी छन्। मारिने चिनिया नागरिक मध्ये २ जना कम्पनीमा कार्यरत रहेका छन्।
मारिने अमेरिकी नागरिकमा सर्च इन्जिन गुगलका कार्यकारी डान फ्रेडिनन्बर्ग समेत छन् । उनको सगरमाथा आधार शिविरमा हिउँको डिस्को खसेर निधन भएको हो।
भूकम्पमा परि मृत्यु हुनेको संख्या शुक्रबार बिहान १० बजेसम्म ६ हजार २ सय ५७ जना पुगेको छ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी