काठमाडौं। नेपाली सेनाका प्रधान सेनापति गौरव शम्शेर जबराले गत शनिबारको शक्तिशाली भूकम्पमा १५ हजारसम्मको ज्यान गएको हुनसक्ने बताएका छन्। एनबिसी न्युजसँग कुरा गर्दै उनले मृतक संख्या कम्तिमा १० हजार हुनसक्ने बताए।
शनिबारको विनाशकारी भूकम्पपछि नेपाली सेनाले उद्दार कार्यको नेतृत्व गर्दै आएको छ। यसअघि प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पमा परि १० हजारसम्मको मृत्यु हुने सक्ने बताएका थिए। नेपाल प्रहरीले बिहीबार राति ११ बजेसम्म ६ हजार १ सय ५५ जनाको मृत्यु भएको जनाएको छ।
उनले अहिले भैरहेको उद्दार तथा राहत वितरणप्रति असन्तुष्टी व्यक्त गरेका छन्। ‘तनावको अवस्था छ, हामी हेरेर बसेका छौं’ राणाले भनेका छन्, ‘त्यहाँ महामारीको अवस्था छ हामी हेरेर बसेका छौं।’ उद्धार तथा राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै सरकारविरुद्ध विभिन्न स्थानमा नारावाजी समेत भएको छ।
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]