काठमाडौं। ठूलो भूकम्प आउने भएकाले घरमा नबस्न माइकिङ गरेर अपवाह फैलाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार ठहिंटीबाट हिराबहादुर थापा र ललितपुरमा राजेन्द्र खड्गी पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यकाको विभिन्न स्थानमा माइकिङ गर्दै ५ वजेदेखि ७ वजेसम्म घरमा नबस्नु भन्ने अपवाह फैलिएपछि घर फर्किसकेका भुकम्प प्रभावितहरु पुन खुल्ला स्थानमा फर्किन थालेका थिए । प्रहरी प्रधान कार्यालयमा माइकिङ सम्बन्धी जानकारी आएपछि प्रहरीले यस्ता ब्यक्ति खोज्ने क्रममा २ जना फेला परेका हुन् । खड्गीलाई पाटनका स्थानीय बासिन्दाले कुटपिट गरेका थिए। उनी चोरीको अभियोगमा पक्राउ परेका व्यक्ति हुन्।
माइकिङपछि प्रहरीलाई देशभरबाट फोन आएको थियो। भूकम्पबाट आतंकित भइ घर छाडेर हिडेका व्यक्तिको घरमा पस्ने नियतले यस्तो प्रचार गरेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले सार्वजनिक सुरक्षा ऐनअनुसार कारवाही गर्ने जनाएको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते