लण्डन । बेलायत र ब्रुनाइबाट गोरखा सैनिकहरु भुकम्प पीडितहरुको उद्दारका लागि नेपाल जाने भएका छन् ।
ब्रिगेड अफ गोरखाजको विश्वस्त स्रोतका अनुसार बेलायत र ब्रुनाइबाट १०० भन्दा बढी गोरखाहरु उद्धारका लागि नेपाल जाने भएका छन् । मेडिस्टोनस्थित क्वीन्स गोरखा इन्जिनियर्स (क्युजीइ) र ब्रुनाइस्थित फस्ट सेकेण्ड गोरखा राइफल्स र बेलायतकै सनक्लिफस्थित सेकेण्ड सेकेण्ड गोरखा राइफल्सबाट पहिलो चरणमा गोरखाहरु नेपाल जाने छन् ।
स्रोतका अनुसार सेकेण्ड सेकेण्ड गोरखा राइफल्सबाट ६५ जना गोरखा सैनिकहरु मंगलबार नेपाल जाने निश्चित भएको छ । इन्जिनियर्सबाट २५ देखि ३० जना गोरखाहरु सोमबार नेपाल प्रस्थान गर्नसक्ने स्रोतले बतायाे । यस्तै ब्रुनाइबाट करिब ४० देखि ५० जना गोरखाहरु उद्दारका लागि नेपाल जाँदैछन् ।
बेलायतबाट उद्दारका लागि जाने इन्जिनियर्सका गोरखाहरु प्राविधिक र उद्दारका धेरै कामयावी हुनसक्ने अपेक्षा गरिएको छ । सोही कारण हुनसक्छ उनीहरुलाई सबैभन्दा पहिला नेपाल पठाइँदैछ ।
गोरखा इन्जिनियर्समा कार्यरत साहित्यकार समेत रहेका लाल रानाले नेपालमा उद्धारका लागि गोरखाहरु जाने करिब निश्चित भइसकेको बताए । इन्जिनियर्सको एक प्लाटुन जाने उनले बताए । आइतबार कार्यालय बिदा रहेकाले सोमबार धेरै कुरा तय हुने उनले बताए । उद्धारका लागि उपकरणहरु लाने नलाने बारेमा पनि सोमबार नै तय हुने उनले जानकारी दिए ।
यस्तैगरी, शनिबार र आइतबार बेलायतमा सरकारी कार्यालयहरु बन्द रहेका कारण सोमबार कार्यालय खुलेपछि स्थिति हेरी अन्य पल्टनबाट पनि गोरखाहरुलाई पठाइन सक्ने सम्भावना रहेको स्रोतले बतायो ।
यसैगरी बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले अाइतबार ट्वीट गर्दै बेलायतबाट सर्च एण्ड रेस्क्यु मेडिक आइतबार राति नेपाल प्रस्थान गर्दै गरेको रोयल एयर फोर्सको जहाज र अरु थप सामग्री भोलि पठाउने बताएका छन् । बेलायतले यसअघि नै आठ सदस्सीय प्राविधिक टोली नेपाल पठाइसकेको छ भने ५ मिलियन पाउण्ड बराबरको सहयोग पनि दिने निर्णय गरेको छ ।
यस्तै, सिंगापुरले सिंगापुर प्रहरीमा कार्यरत गोरखाहरुलाई उद्दारका लागि नेपाल पठाउने निर्णय गरेको छ भने भारत, चीन, अमेरिका आदि मुलुकबाट उद्दारका लागि प्राविधिकहरु नेपाल आइसकेका छन् ।
बेलायतले उद्धारका लागि गोरखा सैनिक पठाउनुपर्ने माग गर्दै सोसल मिडियामा दबाब पनि दिन थालिएको थियो ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक