लण्डन । नेपालमा आज अाएको भुकम्पबाट आफू सकुशल रहेको जानकारी दिन फेसबुकले नयाँ सेवा शुरु गरेको छ ।
फेसबुकका संस्थापक मार्क जुकवर्गका अनुसार भुकम्पबाट प्रभावित मानिसहरुका लागि लक्षीत गरी फेसबुकले आजै सो सेवा शुरु गरेको हो । ‘परिवार र साथीभाइलाई आफू सकुशल रहेको जानकारी दिने यो सजिलो उपाय हाे’ उनले भने ।
फेसबुकको सेवामा भुकम्प प्रभावित क्षेत्रका प्रयोगकर्ताले भुकम्पबाट सुरक्षित रहेको नरहेको बारेमा नोटिफिकेसन पाउने छन् र आफू सुरक्षित रहेको जानकारी दिन सेफ लेखेको बटनमा थिच्नुपर्नेछ । सो सेवाबाट आफ्ना साथीभाइ पनि सुरक्षित रहे नरहेको सोध्न सकिने छ ।
जुकरवर्गले भनेका छन् -‘जब विपत्ति आइपर्छ सबैजना आफ्ना आफन्त र साथीभाइ सुरक्षित रहेको बारेमा जान्न चाहन्छन् । आफन्तहरुसित जोड्ने यस्ता सेवाहरुले ठूलो महत्व राख्छन् ।’
यो सेवा प्रयोग गर्नका लागि www.facebook.com/safetychecks/nepalearthquake मा जानु पर्नेछ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते