लण्डन । नेपालमा आज अाएको भुकम्पबाट आफू सकुशल रहेको जानकारी दिन फेसबुकले नयाँ सेवा शुरु गरेको छ ।
फेसबुकका संस्थापक मार्क जुकवर्गका अनुसार भुकम्पबाट प्रभावित मानिसहरुका लागि लक्षीत गरी फेसबुकले आजै सो सेवा शुरु गरेको हो । ‘परिवार र साथीभाइलाई आफू सकुशल रहेको जानकारी दिने यो सजिलो उपाय हाे’ उनले भने ।
फेसबुकको सेवामा भुकम्प प्रभावित क्षेत्रका प्रयोगकर्ताले भुकम्पबाट सुरक्षित रहेको नरहेको बारेमा नोटिफिकेसन पाउने छन् र आफू सुरक्षित रहेको जानकारी दिन सेफ लेखेको बटनमा थिच्नुपर्नेछ । सो सेवाबाट आफ्ना साथीभाइ पनि सुरक्षित रहे नरहेको सोध्न सकिने छ ।
जुकरवर्गले भनेका छन् -‘जब विपत्ति आइपर्छ सबैजना आफ्ना आफन्त र साथीभाइ सुरक्षित रहेको बारेमा जान्न चाहन्छन् । आफन्तहरुसित जोड्ने यस्ता सेवाहरुले ठूलो महत्व राख्छन् ।’
यो सेवा प्रयोग गर्नका लागि www.facebook.com/safetychecks/nepalearthquake मा जानु पर्नेछ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा