
काठमाण्डौं । शनिवार मध्यान्ह गएको ७ दशमलव ९ रेक्टर स्केलको महाभूकम्पका कारण हालसम्म मर्नेको संख्या ६८६ पुगेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले यो हताहती संख्याबारे अपडेट गर्ने काम भइरहेको जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै ५ सय बढिको मृत्यु भइसकेको छ । प्रहरीका अनुसार काठमाडौंमा २५०, भक्तपुरमा १५० र ललितपुरमा १ सय बढिको मृत्यु भएको छ ।
मृतकको संख्या अझैं बढ्न सक्ने अनुमान गरिएको छ ।
लमजुङ केन्द्रविन्दु भएर गएको उक्त शक्तिशाली भूकम्पले धेरै धनजनको क्षति भएको अनुमान गरिएको छ । पूर्व विवरण आउन बांकी छ ।
इकान्तिपुरका अनुसार, भूकम्पमा परी काभ्रेमा ५४, धादिङमा ३५, मकवानपुरमा ९, ओखलढुंगामा १०, रामेछापमा ५, भोजपुरमा २, नुवाकोटमा ६, गोर्खामा १२ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।
राजधानीका विभिन्न अस्पताल अहिले भरिभराउ छन् । हजारौं घाइतेको राजधानीका विभिन्न अस्पताल भित्र र बाहिर सडकमै उपचार भइरहेको समाचार छ । त्रिवि शिक्षण अस्पतालमा इमर्जेन्सी प्रमुख प्रताप नारायण प्रसादका अनुसार अस्पतालमा ५० देखि ६५ शव छन् । तीनसय बढी घाइतेको त्यहां उपचार भइरहेको छ ।
भूकम्पका धक्का पटक पटक गरि १४ पटक गइसकेको जनाइएको छ । मानिसहरु त्रसित छन्, रुवावासी छ । फोन सम्पर्क सहज नभएकाले परिवारजनमा अन्यौलको स्थिति छ ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न