काठमाडौं। नेकपा एमालेको भ्रातृ संगठन प्रवासी नेपाली मन्च युकेले ताप्लेजुङ अग्नी पीडितका लागि संकलन गरेको ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
नेकपा एमाले, ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा एमालेकी युरोप इन्चार्ज रामकुमारी झाँक्रीले मञ्चको तर्फबाट सो रकम उपमहासचिव घनश्याम भुसाललाई हस्तान्तरण गरेकी थिइन्। उपमहासचिव भुसालले सो रकम सम्पर्क मञ्चका अध्यक्ष अग्नी पौडेललाई हस्तान्तरण गरे ।
मञ्चले पीडितहरुको सहयोगका लागि ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ संकलन गरेको थियो। कार्यक्रममा मञ्चले सो रकम चाँडै पीडितहरुमा पुर्याउने जानकारी गराएको थियो।
कार्यक्रममा पार्टीकी युरोप इन्चार्ज झाँक्रीले मञ्चका अध्यक्ष रामशरण सिम्खडाको सक्रियतामा सो रकम संलग्न भएको जानकारी गराएकी थिइन्। कार्यक्रममा उपमहासचिव भुसालले प्रवासमा रहेर पनि देशभित्र दु:ख परेकाहरुलाई सहयोग गरेको भन्दै मञ्चलाई केन्द्रिय कमिटीको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए।
ताप्लेजुङ सदरमुकाम फुङलिङमा चैत्र ८ गते राति भएको आगलागीमा ३७ घर जलेको थियो भने २७ करोड रुपैयाँ बराबरको क्षति भएको थियो।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य टंक कार्की, विजय गुरुङ, देवराज घिमिरे लगायतले बोलेका थिए। कार्यक्रममा अनेरास्ववियुले संकलन गरेको २५ हजार रुपैयाँ पनि हस्तान्तरण गरिएको थियो।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार