
लन्डन । भारतीय वरिष्ठ आध्यात्मिक जीवन गुरु रचना जैनको नयां पुस्तक अवेक योर ड्रिम्स्, स्टप प्रोक्रेस्टिनेटिङ स्टार्ट अचिभिङ विमोचन भएको छ । गत १८ अप्रिल शनिवार लन्डन साउथहलस्थित दि सेन्टर ब्यांक्यूटिङ हलमा पुस्तक विमोचन भएको हो । अमेजनमा समेत उपलव्ध उक्त आध्याम्तिक पुस्तक मुल्य २४ पाउण्ड ९९ पेन्स् छ ।
पुस्तक सार्वजनिकीकरण समारोहमा पूर्व सांसद एवं आसन्न निर्वाचनका पुनः उम्मेदवार वीरेन्द्र शर्मा, डा. चन्दोक जिपी, डा. राजेश परमार, आध्याम्मिक नेता डेन सावी, डा. ओन्कार साहोता जस्ता प्रभावशाली व्यक्तित्वहरुको उपस्थिति थियो ।
पुस्तककी लेखिका रचना जैनले नयां कृतिबाट आफू ज्यादै उत्साहित भएको जनाउंदै यो पढ्ने पाठकले पुस्तकका कुरा व्यवहारिक जीवनमा लागू गर्न सके ऊ लाभान्वित हुने बताइन् ।
वास्तविकतामा आधारित जीवनपयोगी उक्त पुस्तकमा कुल एकसय आठ पृष्ठ छन् । आम मानिसहरुको आलटाल प्रवृत्ति वा बानी उजागर गर्ने उक्त पुस्तकले त्यो समस्या समाधानका लागि मार्गदर्शन समेत गरेको विश्लेषकहरुको भनाइ छ । उक्त पुस्तक विद्यार्थी, व्यवसायी, अभिभावक र जो विलम्बमा अलमलिनबाट छुट्कारा चाहन्छ उसलाई उपयोगी हुने बताइएको छ । पुस्तकबाट आएको ५ प्रतिशत रकम गिभ इन्डिया नामक च्यारिटीलाई जाने प्रकाशकले जनाएका छन् ।
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
अमेरिकाबाट थप ९० जना नेपाली डिपोर्ट
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता