काठमाडौं। जाजरकोटमा मंगलबार साँझ दुई वटा भूकम्प जाँदा मध्यपश्चिमका जिल्लाहरुमा त्रासको अवस्था सिर्जना भएको छ।
भूकम्प मापन केन्द्रले धिमी गाविसलाई केन्द्रविन्दु बनाएर साँझ ७ बजेर ४७ मिनेटमा ५ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको बताएको छ । त्यसको करिब आधा घण्टापछि सो क्षेत्र नजिकै करिब ४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।
भूकम्पको धक्काले कारण कर्णाली, भेरी र राप्ती अञ्चलका विभिन्न स्थानमा धक्का महसुश गरिएको छ । भूकम्पपछि त्रासको वातावरण छाएको छ । मानिसहरु घरबाट बाहिर निस्किएका छन्। भूकम्पले क्षति पुरयाएको जानकारी कतैबाट आएको छैन । भूकम्पको केन्द्रविन्दु पृथ्वीको सतहभन्दा करिब ४० किलोमिटर गहिराइमा रहेको अमेरिकाको जओलोजिक सर्भेले जनाएको छ। भूकम्पको केन्द्रविन्दु राजधानी काठमाडौंबाट ३ सय १४ किलोमिटर पश्चिम उत्तरमा पर्छ।
युरोएशिया र इन्डियन प्लेटको फल्टलाइनमा पर्ने नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रमा पर्दछ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित