काठमाडौं। देशको कार्यकारी प्रमुख प्रधानमन्त्री कार्यालयको वेबसाइट ह्याक भएको छ। सोमबार साँझबाट ह्याकरले वेबसाइटमा आफ्नो विभिन्न देश राखेका छन्। www.opmcm.gov.np खोल्दा ह्यारकहरुले राखेको कन्टेन्ट आउँछ। त्यसमा सरकार भ्रष्ट भएको भन्दै सरकारको विरोध गरिएको छ। वेबसाइटलाई नोफाएक्स अल ह्याकले गरेको लेखिएको छ।
किन ह्याक हुन्छन् सरकारी वेबसाइट ?
सरकारी कार्यालय तथा मन्त्रालयहरूमा नियमित ‘वेबसाइट सेकुरिटी अडिट’ नहुँदा ह्याकिङको जोखिममा छन् । अधिकांश मन्त्रालय, सरकारी कार्यालय, फर्म, जिल्ला विकास समिति, गाउँ विकास समितिका वेबसाइट भए पनि कुनैको पनि हालसम्म वेबसाइट सुरक्षाका लागि अडिट भने गरिएको छैन ।
सूचना तथा प्रविधि मन्त्रालय नै बेबसाइट सेकुरिटी अडिटभन्दा बाहिर छ । नयाँ प्रविधिको प्रयोग र पुराना प्रविधिको समायोजनमा रहेका निकायहरूले वेबसाइट सम्बन्धी सुरक्षा नअपनाउँदा महत्वपूर्ण डेटा र फाइलहरु हराउने सम्भावना धेरै छ । ह्याकरले सेकुरिटी अडिट भएका बेभसाइट ह्याकिङ गर्न सहजै नसक्ने भए पनि यसप्रति सम्बद्ध निकायको ध्यान पुग्न सकेको छैन ।
हालसम्म सेकुरिटी अडिट कसले गर्ने भन्ने नीतिगत व्यवस्था नभएकाले वेबसाइटको सुरक्षा अन्योलमा परेको प्रमाणीकरण नियन्त्रकको कार्यालयले जनाएको छ । फाइल सुरक्षाका लागि सम्बन्धित निकायले वेबसाइट सुरु गर्दा र हरेक ६-६ महिनामा वेबसाइट अडिट गर्नुपर्छ ।
सरकारी कार्यालयहरूमा निःशुल्क अडिट गराउने व्यवस्था भए पनि हालसम्म कसैले पनि वेबसाइट सुरक्षाका बारेमा चासो राखेका छैनन् । सरकारले नीतिगत रूपमै अनिवार्य सुरक्षाको लागि अडिट गराएर महत्वपूर्ण फाइल, ठेगाना, गोप्य सामग्रीजस्ता महत्वपूर्ण कागजातहरू हराउनबाट बचाउनुपर्ने सम्बद्ध निकायको भनाइ छ । खासगरी वेबसाइट ह्याक हुने समस्या जिल्ला तथा गाउँ विकास समिति छ । सरकारले वेबसाइटमार्फत स्थानीय स्तरमा जानकारी अनिवार्य गराउने प्रावधान राखे पनि सुरक्षाको विधि अपनाउन नसक्दा वेबसाइटका सामग्रीहरू हराउने र समस्या देखिने हुँदै आएको छ
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा