काठमाडौं। देशको कार्यकारी प्रमुख प्रधानमन्त्री कार्यालयको वेबसाइट ह्याक भएको छ। सोमबार साँझबाट ह्याकरले वेबसाइटमा आफ्नो विभिन्न देश राखेका छन्। www.opmcm.gov.np खोल्दा ह्यारकहरुले राखेको कन्टेन्ट आउँछ। त्यसमा सरकार भ्रष्ट भएको भन्दै सरकारको विरोध गरिएको छ। वेबसाइटलाई नोफाएक्स अल ह्याकले गरेको लेखिएको छ।
किन ह्याक हुन्छन् सरकारी वेबसाइट ?
सरकारी कार्यालय तथा मन्त्रालयहरूमा नियमित ‘वेबसाइट सेकुरिटी अडिट’ नहुँदा ह्याकिङको जोखिममा छन् । अधिकांश मन्त्रालय, सरकारी कार्यालय, फर्म, जिल्ला विकास समिति, गाउँ विकास समितिका वेबसाइट भए पनि कुनैको पनि हालसम्म वेबसाइट सुरक्षाका लागि अडिट भने गरिएको छैन ।
सूचना तथा प्रविधि मन्त्रालय नै बेबसाइट सेकुरिटी अडिटभन्दा बाहिर छ । नयाँ प्रविधिको प्रयोग र पुराना प्रविधिको समायोजनमा रहेका निकायहरूले वेबसाइट सम्बन्धी सुरक्षा नअपनाउँदा महत्वपूर्ण डेटा र फाइलहरु हराउने सम्भावना धेरै छ । ह्याकरले सेकुरिटी अडिट भएका बेभसाइट ह्याकिङ गर्न सहजै नसक्ने भए पनि यसप्रति सम्बद्ध निकायको ध्यान पुग्न सकेको छैन ।
हालसम्म सेकुरिटी अडिट कसले गर्ने भन्ने नीतिगत व्यवस्था नभएकाले वेबसाइटको सुरक्षा अन्योलमा परेको प्रमाणीकरण नियन्त्रकको कार्यालयले जनाएको छ । फाइल सुरक्षाका लागि सम्बन्धित निकायले वेबसाइट सुरु गर्दा र हरेक ६-६ महिनामा वेबसाइट अडिट गर्नुपर्छ ।
सरकारी कार्यालयहरूमा निःशुल्क अडिट गराउने व्यवस्था भए पनि हालसम्म कसैले पनि वेबसाइट सुरक्षाका बारेमा चासो राखेका छैनन् । सरकारले नीतिगत रूपमै अनिवार्य सुरक्षाको लागि अडिट गराएर महत्वपूर्ण फाइल, ठेगाना, गोप्य सामग्रीजस्ता महत्वपूर्ण कागजातहरू हराउनबाट बचाउनुपर्ने सम्बद्ध निकायको भनाइ छ । खासगरी वेबसाइट ह्याक हुने समस्या जिल्ला तथा गाउँ विकास समिति छ । सरकारले वेबसाइटमार्फत स्थानीय स्तरमा जानकारी अनिवार्य गराउने प्रावधान राखे पनि सुरक्षाको विधि अपनाउन नसक्दा वेबसाइटका सामग्रीहरू हराउने र समस्या देखिने हुँदै आएको छ
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान