काठमाडौं। न्यूरोड भोटेबहालकी इभाना मानन्धर मिस नेपाल २०१५ बनेकी छिन्। १८ प्रतिस्पर्धीलाई पछि पार्दै मानन्धरले उपाधि जितेकी हुन्। शनिबार राति होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा मिस नेपाल २०१४ सुविन लिम्बुले मानन्धरलाई सुन्दरी प्रतियोगिताको क्राउन लगाइदिइन्।
मानन्धर अमेरिकामा बजारशास्त्रमा स्नातक गर्दै छिन्। प्रतियोगितामा सहभागी हुन नेपाल आएकी मानन्धरले उपाधिसँगै एक लाख रुपैया हात पारेकी छिन्। दिव्यता वैद्य पहिलो रनर अप र मेधा कोइराला सेकेन्ड रनर अप बनेकी छिन्।
मिस नेपालले आफू सफल उद्यमी बन्ने उदेश्य भएको बताएकी छिन्।
कसले कुन उपाधि जिते ?
मिस नेपाल/ मिस गस गर्ल/ मिस इन्टेलेक्चुअल/ मिस पर्सनालिटी/ : इभाना मानन्धर
फस्ट रनरअपर/ मिस फोटोजेनिक : : दिव्यता वैद्य
सेकेन्ड रनरअप : मेधा कोइराला
मिस बब्ली/ बेस्ट कम्प्लेक्सन : निश्मा चौधरी
मिस ट्यालेन्ट : पूजा श्रेष्ठ
मिस पपुलर : नुनिङ लिम्बु
स्कलर अफ द इयर : सुदीपा पाठक
मिस फ्रेन्डसिप : सोनु थापा मगर
ब्युटी विद् पर्पज : रेबिका क्षेत्री
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
सङ्कटमा नायकत्व !