काठमाडौं। मध्य पश्चिमको पहाडी जिल्ला जाजरकोटमा फैलिएको सिजनल फ्लु र रुघाखोकीको महामारीमा मृत्यु हुनेको संख्या २१ पुगेको छ। शुक्रबार मात्रै थप चार जनाको मृत्यु भएपछि महामारीको कारण मृत्यु हुनेको संख्या २१ पुगेको हो।
महामारीबाट पजारु गाबिसको वडा नम्बर १ र नायक बाडा गाबिसको २ र ८ सबैभन्दा बढी प्रभावित भएको छ। स्थानीय बासिन्दाले महामारी प्रभावित क्षेत्रमा अहिलेसम्म स्वास्थ्य सेवा पाउन नसकेको बताएका छन्।
सरकारी अधिकारीहरुले रोग नियन्त्रणभित्रै रहेको बताए पनि प्रत्येक दिन नयाँ नयाँ विरामी देखिने र रोगको कारण मृत्यु हुने संख्या बढ्दै गएको छ। स्थानीय सञ्चार माध्यमहरुले स्थानीय बासिन्दा त्रासमा रहेको र एक स्थानबाट अर्को स्थानमा आउने जाने गर्न पनि छाडेको बताएका छन्।
रोग प्रभावित क्षेत्रमा विरामी परेका एक स्वास्थ्यकर्मीलाई थप उपचारका लागि राजधानीको टेकुस्थित शुक्रराज अस्पतालमा भर्ना गरिएको छ। अर्को स्वास्थ्यकर्मीमा पनि रोगको लक्षण देखिएपछि जिल्ला स्वास्थ्य अस्पताल लगिएको छ।
यसैबीच स्थानीय स्वास्थ्य चौकीहरुमा बिरामीको चाप बढेपनि जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटले बजेट अभावको कारण थप पठाउन नसकिने बताए। जिल्ला जनस्वास्थ्यले आफूसँग रहेको १ लाख ५० हजार रुपैया खर्च भैसकेको जनाएको छ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध