‘जेठ १५ मा संविधान आउने संभावना कम’

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समय अभावको कारण जेठ १५ भित्र नयाँ संविधान आउनु संभवना निकै कम भएको बताएका छन्। ओलीले संविधान लेखन प्रक्रिया भएको भन्दै २०७२ सालभित्र यो कार्यले पूर्णता पाउने बताएका छन्।oli

बालकोटस्थित उनकै निवासमा आयोजित एक कार्यक्रमयमा एमाले अध्यक्षले भने, ‘जेठ १५ मै नयाँ संविधान आउन कठिन छ तर यो कार्य यो वर्षअघिनै सकिने छ।’

यसअघि पनि प्रमुख राजनीतिक दलहरुले माघ ८ गते नयाँ संविधान जारी गर्ने मिति गुजारेका थिए। विवादको प्रमुख विषयको रुपमा रहेको संघियताबारे दलहरुबीच विवाद अहिले पनि कायम नै छ। पछिल्लो समयमा दलहरुले गणतन्त्र दिवसको दिन अर्थात जेठ १५ गते संविधान जारी गर्ने गरी तयारी भैरहेको बताउदै आएका थिए। ओलीले संविधानसभा कार्यविधि निकै लामो भएकाले प्रक्रियालाई लामो बनाएको बताए । सत्तारुढ दलहरुले सात प्रदेशको संघियता मोडल अघि सारेका छन् भने एकीकृत नेकपा माओवादीले बहुपहिचानसहित नाम दिने हो भने ६ र प्रदेशिक सभालाई नै नाम राख्ने गरी जाने हो भने ८ प्रदेशको मोडलमा जाने सकिने विकल्प अघि सारेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री