काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समय अभावको कारण जेठ १५ भित्र नयाँ संविधान आउनु संभवना निकै कम भएको बताएका छन्। ओलीले संविधान लेखन प्रक्रिया भएको भन्दै २०७२ सालभित्र यो कार्यले पूर्णता पाउने बताएका छन्।
बालकोटस्थित उनकै निवासमा आयोजित एक कार्यक्रमयमा एमाले अध्यक्षले भने, ‘जेठ १५ मै नयाँ संविधान आउन कठिन छ तर यो कार्य यो वर्षअघिनै सकिने छ।’
यसअघि पनि प्रमुख राजनीतिक दलहरुले माघ ८ गते नयाँ संविधान जारी गर्ने मिति गुजारेका थिए। विवादको प्रमुख विषयको रुपमा रहेको संघियताबारे दलहरुबीच विवाद अहिले पनि कायम नै छ। पछिल्लो समयमा दलहरुले गणतन्त्र दिवसको दिन अर्थात जेठ १५ गते संविधान जारी गर्ने गरी तयारी भैरहेको बताउदै आएका थिए। ओलीले संविधानसभा कार्यविधि निकै लामो भएकाले प्रक्रियालाई लामो बनाएको बताए । सत्तारुढ दलहरुले सात प्रदेशको संघियता मोडल अघि सारेका छन् भने एकीकृत नेकपा माओवादीले बहुपहिचानसहित नाम दिने हो भने ६ र प्रदेशिक सभालाई नै नाम राख्ने गरी जाने हो भने ८ प्रदेशको मोडलमा जाने सकिने विकल्प अघि सारेको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते