लन्डन । नेपालमा दशक बढि समय पत्रकारिता गरेर बेलायत आएका पत्रकार नृपेश उप्रेती अब गीतकारका रुपमा उदाएका छन् । उनको पहिलो एल्बम ‘खुशी’ का ८ गीतमध्ये दुईवटा गीत र एउटा भिडियो गत सप्ताहन्तमा लन्डनमा सार्वजनिक भएको छ ।
अर्जुन पोखरेलको एकल संगीत रहेको उक्त एल्बमका दुई गीत अन्जु पन्तले गाएको कांडा पन्छाइ बाटोभरि… र राज सिग्देलको स्वरमा नगर्नु माफ… गीत सार्वजनिक गरिएको हो । यस अलवा नायिका केकी अधिकारी, विवेकनरसिंह राणा र सृजल रुपाखेतीको प्रमुख अभिनयमा निर्मित एउटा भिडियो पनि सार्वजनिक गरियो ।
नेपाल पत्रकार महासंघ, बेलायत शाखाको वार्षिक साधारणसभाका अवसरमा कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्री, शाखा अध्यक्ष चिरन शर्मा, बीबीसी आवद्ध वरिष्ठ पत्रकार भगिरथ योगी र एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेलले संयुक्त रुपमा गीत र भिडियो सार्वजनिक गरेका थिए । रोमान्टिक र यथार्थ सन्देश बोकेका उप्रेतीको गीतमा गायकहरु शिव परियार, प्रमोद खरेल लगायतको स्वर छ ।
उप्रेतीले भविष्यमा गीतको सिआरबीटी, पिआरबीटी आदिबाट आउने रकम नेपालको च्यारिटीमै लगाउने उद्घोष गरेका छन् ।
गीतकार उप्रेतीले एल्बम छिट्टै बजारमा आउने जनाएका छन् । १४ वर्षअघि बेलायत आएका उप्रेतीले नेपाल छंदा हिमाल, देशान्तर, च्यानल नेपाल लगायत सञ्चारमाध्यममा काम गरेका थिए । हाल पिटरवरो निवासी उनीसंग स्थानीय रेडियोमा समेत केही समय आवद्ध भएर काम गरेको अनुभव छ ।
भिडियो यस्तो छः
नेपालको परराष्ट्र मन्त्रालयले माग्यो विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन
बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल
संसद्को ‘लोगो’सहित सांसद मिङमा डेभिड शेर्पा सगरमाथाको चुचुरोमा
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो