लन्डन । नेपालमा दशक बढि समय पत्रकारिता गरेर बेलायत आएका पत्रकार नृपेश उप्रेती अब गीतकारका रुपमा उदाएका छन् । उनको पहिलो एल्बम ‘खुशी’ का ८ गीतमध्ये दुईवटा गीत र एउटा भिडियो गत सप्ताहन्तमा लन्डनमा सार्वजनिक भएको छ ।
अर्जुन पोखरेलको एकल संगीत रहेको उक्त एल्बमका दुई गीत अन्जु पन्तले गाएको कांडा पन्छाइ बाटोभरि… र राज सिग्देलको स्वरमा नगर्नु माफ… गीत सार्वजनिक गरिएको हो । यस अलवा नायिका केकी अधिकारी, विवेकनरसिंह राणा र सृजल रुपाखेतीको प्रमुख अभिनयमा निर्मित एउटा भिडियो पनि सार्वजनिक गरियो ।
नेपाल पत्रकार महासंघ, बेलायत शाखाको वार्षिक साधारणसभाका अवसरमा कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्री, शाखा अध्यक्ष चिरन शर्मा, बीबीसी आवद्ध वरिष्ठ पत्रकार भगिरथ योगी र एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेलले संयुक्त रुपमा गीत र भिडियो सार्वजनिक गरेका थिए । रोमान्टिक र यथार्थ सन्देश बोकेका उप्रेतीको गीतमा गायकहरु शिव परियार, प्रमोद खरेल लगायतको स्वर छ ।
उप्रेतीले भविष्यमा गीतको सिआरबीटी, पिआरबीटी आदिबाट आउने रकम नेपालको च्यारिटीमै लगाउने उद्घोष गरेका छन् ।
गीतकार उप्रेतीले एल्बम छिट्टै बजारमा आउने जनाएका छन् । १४ वर्षअघि बेलायत आएका उप्रेतीले नेपाल छंदा हिमाल, देशान्तर, च्यानल नेपाल लगायत सञ्चारमाध्यममा काम गरेका थिए । हाल पिटरवरो निवासी उनीसंग स्थानीय रेडियोमा समेत केही समय आवद्ध भएर काम गरेको अनुभव छ ।
भिडियो यस्तो छः
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा