काठमाडौं। तत्कालीन सभासद हरिबहादुर खड्काको सडक दुर्घटनामा परी निधन भएपछि शनिबार भएको बागलुङ क्षेत्र नम्बर १ को संविधानसभा उपनिर्वाचनमा ७३ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालयअनुसार, ५२ हजार २ सयमध्ये करिब ३८ हजार मत हालेका छन् । निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएको थियो । मतदान बिहान ७ बाट साँझ ५ बजेसम्म भएको थियो । निर्वाचनमा करिब ७ सय ७० कर्मचारी खटिएका थिए ।
निर्वाचन क्षेत्रअन्तर्गत १९ गाविस र एक नगरपालिकामा रहेका ७० मतदान केन्द्रमा कुनै अप्रिय घटना भएन। जिल्ला निर्वाचन कार्यालयले विद्युतीय मेसिन शनिबार रातिसम्म सदरमुकाम ल्याइने र मतगणना आइतबार बिहान सुरु गर्ने गरी तयारी भएको जनाएको छ। करिब चार घन्टामा मतको अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनको पर्यवेक्षण राष्ट्रिय मानवअधिकार आयोग, युएसआइडी, युएनडिपी, नियोकलगायत संस्थाले गरेका थिए । निर्वाचन आयोगले पनि खटिएका कर्मचारीको कामकारबाही र निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय बनाउन छुट्टै अनुगमन संयन्त्र निर्माण गरी खटाएका थिए।
मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसकी चम्पादेवी खड्का, नेकपा एमालेकी मना केसी र एनेकपा माओवादीका कृष्ण केसीले एउटै केन्द्रमा मतदान गरेका थिए । निर्वाचनमा ९ दल र दुई स्वतन्त्र गरी ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित