काठमाडौं। तत्कालीन सभासद हरिबहादुर खड्काको सडक दुर्घटनामा परी निधन भएपछि शनिबार भएको बागलुङ क्षेत्र नम्बर १ को संविधानसभा उपनिर्वाचनमा ७३ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालयअनुसार, ५२ हजार २ सयमध्ये करिब ३८ हजार मत हालेका छन् । निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएको थियो । मतदान बिहान ७ बाट साँझ ५ बजेसम्म भएको थियो । निर्वाचनमा करिब ७ सय ७० कर्मचारी खटिएका थिए ।
निर्वाचन क्षेत्रअन्तर्गत १९ गाविस र एक नगरपालिकामा रहेका ७० मतदान केन्द्रमा कुनै अप्रिय घटना भएन। जिल्ला निर्वाचन कार्यालयले विद्युतीय मेसिन शनिबार रातिसम्म सदरमुकाम ल्याइने र मतगणना आइतबार बिहान सुरु गर्ने गरी तयारी भएको जनाएको छ। करिब चार घन्टामा मतको अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनको पर्यवेक्षण राष्ट्रिय मानवअधिकार आयोग, युएसआइडी, युएनडिपी, नियोकलगायत संस्थाले गरेका थिए । निर्वाचन आयोगले पनि खटिएका कर्मचारीको कामकारबाही र निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय बनाउन छुट्टै अनुगमन संयन्त्र निर्माण गरी खटाएका थिए।
मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसकी चम्पादेवी खड्का, नेकपा एमालेकी मना केसी र एनेकपा माओवादीका कृष्ण केसीले एउटै केन्द्रमा मतदान गरेका थिए । निर्वाचनमा ९ दल र दुई स्वतन्त्र गरी ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते