काठमाडौं। बेलायती राजगद्दीका दोस्रो उत्तराधिकारी युवराज विलियम र युवराज्ञी केटले नेपाल भ्रमण गर्ने इच्छा देखाएका छन्। बेलायती सेनामा कार्यरत गोर्खासँग प्रभावित युवराज विलियमले नेपाल बेलायत कूटनीतिक सम्बन्धको दुईसय बर्षगाँठको अवसरमा पुरानो मित्र मुलुक नेपाल आउने इच्छा देखाएको कान्तिपुर दैनिकले समाचार छापेको छ।
बकिङ्घम दरबारले कसैको नाम नकिटी राजपरिवारको सदस्यले नेपाल भ्रमण गर्ने भन्दै त्यसको तारतम्य मिलाउन आफ्नो विदेशमन्त्रालयसँग भनेपछि यसको प्रारम्भिक प्रक्रिया अघि बढेको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो। नेपालको सबभन्दा पुरानो मित्र मुलुक बेलायतका युवराज विलियम र युवराज्ञी केट मिडलटन नेपाल आउने तारतम्य मिलाउन दुवै सरकार लागि परेका छन्। भ्रमणको तयारी प्रारम्भिक चरणमा रहेको भन्दै उनीहरुको भ्रमण ६ महिनापछि हुने अनुमान गरिएको छ। विलियम र केट नेपाल आउन संभव नभए उनका भाइ राजकुमार ह्यारी नेपाल आउने बताइएको छ।
परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुले पनि नेपाल र बेलायत कुटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेकाले बेलायतबाट उच्चस्तरीय भ्रमणको अपेक्षा गरेको बताएका छन्। काठमाडौं स्थित बेलायती दूतावास र परराष्ट्रमन्त्रालयले तयारी कार्य अघि बढाएको छ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित