काठमाडौं। नेपाल सरकारले विभिन्न समयमा चोरिएका झन्डै ९ सय वर्ष पुरानासहित १४ वटा पुरातात्विक महत्वका मूर्तिहरु बेलायतबाट फिर्ता ल्याउने प्रकृया शुरु गरिएको छ । लन्डनस्थित क्रिस्टिज लिलामघरले ती मूर्तिहरु फिर्ता गर्न तयार रहेको भन्दै दावी पेश गर्न आग्रह गरेपछि उनीहरुलाई फिर्ता ल्याउन पहल थालिएको पुरातत्व विभागका महानिर्देशकले बीबीसी नेपाली सेवालाई बताएका छन्। 
बेलायतमा फेला परेका मूर्तिहरुमध्ये करिब ३५ बर्ष अघि पाटनबाट हराएको १२ औँ शताब्दीको उमा महेश्वरको मूर्तिसहित ३ वटाको मात्र हालसम्म पहिचान भएको छ। नेपालबाट चोरिएर के कति मूर्तिहरु विदेश पुगेका छन् त्यसबारे स्पष्ट तथ्याकं आफूसँग नभएको सरकारले बताउँदै आएको छ।
फ्रान्सको लियोँमा अघिल्लो महिना इन्टरपोलले आयोजना गरेको हराएका पुरातात्विक सम्पदाहरुको संरक्षण सम्बन्धी कार्यशाला गोष्ठीमा बेलायत पुगेका ती मूर्तिबारे जानकारी गराइएपछि गोष्ठीमा सहभागी पुरातत्व विभागका अधिकारीहरु आश्चर्यमा परेका थिए।
उक्त गोष्ठीका क्रममा क्रिस्टिज प्रतिनिधिले बेलायत पुगेका १४ वटा नेपाली मूर्ति फिर्ता दिन आफू इच्छुक रहेको जानकारी गराए लगत्तै विभागले ती मूर्तिहरु फिर्ता ल्याउने प्रक्रिया थालेको महानिर्देशक भेषनारायण दाहालले बीबीसीलाई बताए ।
ती पुरातात्विक महत्वका मूर्तिहरु सन् २०१२ मा लिलामीमा राखिएको थियो।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक