काठमाडौँ। विश्व शान्ति र मित्रताको भावना जनाउने उद्देश्यले विश्वको सर्वोच्च शिखर सगरमाथाबाट विश्वका झण्डाहरू फहराइने भएको छ।
विश्व शान्ति मितेरी मञ्च नेपालको ‘विश्वशान्ति र मित्रताको लागि सगरमाथा आरोहण–२०१५’ नामक अभियान अन्तर्गत संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूका राष्ट्रिय झण्डा सगरमाथाको सर्वोच्च बिन्दुबाट फहराउन लागिएको हो ।
मञ्चका उपाध्यक्ष पर्वतारोही फुर्वाठी शेर्पाले १९३ वटा संयुक्त राष्ट्रसङ्घका सदस्य मुलुकको राष्ट्रिय झण्डा लिई आगामी २०७२ जेठ महिनाभित्र सगरमाथाको सर्वोच्च बिन्दुबाट फहराउने संस्थाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
आरोहण सम्पन्न गरेपश्चात आगामी असारभित्र संयुक्त राष्ट्रसङ्घका हरेक सदस्य राष्ट्रको सगरमाथामा फहराएको झण्डाको तस्विर सम्बन्धित राष्ट्रप्रमुखहरूलाई र राष्ट्रसङ्घको मुख्यालयमा शान्ति र मित्रताको ऐक्यबद्धताका लागि ध्यानाकर्षण पत्रका साथमा पठाइने मञ्चले जनाएको छ । आरोहणका लागि झण्डै रु १८ लाख लाग्ने र उक्त सबै रकम आफ्नै निजी खर्चबाट गरिने जानकारी दिइएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा