काठमाडौँ। विश्व शान्ति र मित्रताको भावना जनाउने उद्देश्यले विश्वको सर्वोच्च शिखर सगरमाथाबाट विश्वका झण्डाहरू फहराइने भएको छ।
विश्व शान्ति मितेरी मञ्च नेपालको ‘विश्वशान्ति र मित्रताको लागि सगरमाथा आरोहण–२०१५’ नामक अभियान अन्तर्गत संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूका राष्ट्रिय झण्डा सगरमाथाको सर्वोच्च बिन्दुबाट फहराउन लागिएको हो ।
मञ्चका उपाध्यक्ष पर्वतारोही फुर्वाठी शेर्पाले १९३ वटा संयुक्त राष्ट्रसङ्घका सदस्य मुलुकको राष्ट्रिय झण्डा लिई आगामी २०७२ जेठ महिनाभित्र सगरमाथाको सर्वोच्च बिन्दुबाट फहराउने संस्थाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
आरोहण सम्पन्न गरेपश्चात आगामी असारभित्र संयुक्त राष्ट्रसङ्घका हरेक सदस्य राष्ट्रको सगरमाथामा फहराएको झण्डाको तस्विर सम्बन्धित राष्ट्रप्रमुखहरूलाई र राष्ट्रसङ्घको मुख्यालयमा शान्ति र मित्रताको ऐक्यबद्धताका लागि ध्यानाकर्षण पत्रका साथमा पठाइने मञ्चले जनाएको छ । आरोहणका लागि झण्डै रु १८ लाख लाग्ने र उक्त सबै रकम आफ्नै निजी खर्चबाट गरिने जानकारी दिइएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते