काठमाडौं। बागलुङ क्षेत्र नं १ मा शनिबार हुने संविधानसभा सदस्यको उप-निर्वाचन गराउन मतदान केन्द्रमा कर्मचारी खटिएका छन्। विद्युतीय मतदान उपकरणसहित ७३ किसिमका निर्वाचन सामग्री मतदान केन्द्रमा पठाइएको जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए। ३५ मतदान स्थलमा रहेका ७० मतदान केन्द्रमा ३५० निजामती कर्मचारी र ४२० स्वयम सेवक खटिएका छन्।
मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित एउटा केन्द्रमा ११ जना कर्मचारी खटिने अधिकृत उपाध्यायले जानकारी दिएका छन्। मतदाता शिक्षा कार्यकर्ता र अघिल्लो निर्वाचनमा खटिएकालाई प्राथमिकता दिएर स्वयम्सेवकका रूपमा परिचालन गरिएको छ। त्यस्तै, सबै मतदान केन्द्रमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको स्थानीय प्रशासनले जनाएको छ।
उपनिर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले प्राविधिक कर्मचारीको समेत व्यवस्था गरेको छ। विद्युतीय मतदान उपकरणमा कुनै समस्या आए त्यसको तत्काल समाधान प्राविधिक कर्मचारीले गर्ने जनाइएको छ। त्यस्ता कर्मचारी प्रत्येक मतदान केन्द्रमा नभए पनि आधा घन्टामा जुनसुकै केन्द्रमा पुग्नसक्ने दूरीमा परिचालन गरिने भएको छ।
उपकरणमा कुनै खराबी आइहालेमा जगेडा उपकरण प्रयोग गरेर मतदान कार्य सुचारु गरिने जनाइएको छ । निर्वाचन अवधिभरको सुरक्षा व्यवस्थालाई थप कडा तुल्याइएको छ। पोष्ट, रिजर्भ, मोबाइल र स्ट्राइकिङका लागि प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेतको कमाण्डमा प्रहरी अधिकृतहरू खटिएका छन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपनिर्वाचनको सुरक्षा पहरा दिइरहेका छन् । उन्नाईस गाविस र एक नगरपालिका रहेको यस क्षेत्रमा कुल ५२ हजार २०२ मतदाता छन् ।
बुधबार रातिदेखि सो क्षेत्रमा शून्य समय सुरु हुँदैछ। शनिबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान कार्य चल्नेछ। सोही राति नै मतसहितका विद्युतीय मतदान उपकरणहरू सदरमुकाम ल्याइसकिने जनाइएको छ । विद्युतीय मतदान उपकरणमा मतगणना छिटो हुने हुँदा आइतबार दिउँसोसम्म मत परिणाम आइसक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
सभाषद हरि खड्काको सडक दुर्घटनामा परि निधन भएपछि सो क्षेत्रमा निर्वाचन हुन लागेको हो।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी