लन्डन । अंग्रेजको देशमा बसेपनि नेपालीहरुको एउटा कहिल्यै नहट्ने बानी छ, हरेक कार्यक्रममा ढिलो पुग्ने । आयोजक हुन् वा सहभागी । अझ प्रमुख अतिथी र अतिथीहरु त जानी जानी विलम्ब गरे सान बढ्ने भ्रम पाल्छन् ।
केही ढिलो पुग्दा पनि नेपाली टाइम भनेपछि धेरथोर ‘कन्सिडर’ भइहाल्छ । तर, बर्मिङ्हममा नेपाली संस्थाले आयोजना गरेको एउटा नयां वर्ष शुभकामना कार्यक्रममा ढिलाई गर्दा नेपाली दूतावास प्रतिनिधिले प्रमुख अतिथीको सत्कार गुमाउनु परेको छ ।
शान्ति नेपाली समाज बेलायतले गत ६ अप्रिल सोमबार अपरान्ह ४ बजेदेखि कार्यक्रम शुरु हुने तय गरेर सबैलाई निम्ता दिएको थियो । नेपाली दूतावासबाट कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीलाई प्रमुख अतिथी निम्त्याइए पनि क्षेत्रीले कार्य व्यस्तताले उपस्थित हुन नसक्ने जनाउ दिएर थर्ड सेक्रेटरी सूर्यबहादुर थापालाई पठाएका थिए । थापा एक घण्टा ढिलो पुग्दा कार्यक्रम अघि बढिसकेको थियो र त्यहां थापाको सट्टा प्रमुख अतिथी भइसकेका थिए नेपालबाट झिकाइएका लोकदोहोरी कलाकारहरु खुमन अधिकारी र देवी घर्तीमगर । ‘हामीले कार्यक्रम शुरु गरेको एक घण्टापछि मात्र दूतावासबाट प्रतिनिधि आइपुग्नु भयो’, कार्यक्रम सञ्चालनको जिम्मा पाएका समाजका प्रचार विभाग प्रमुख भुपेन्द्र पाठकले वीनेपालीसंग भने, ‘कार्यक्रम अगाडि बढिसकेपछि बीचमा प्रमुख अतिथी परिवर्तन गर्न पनि मिलेन ।’
कार्यक्रममा सहभागी कतिपय दर्शक यस्तै परिपाटी बसाले ‘नेपाली टाइम’ भनेर ढिलो पुग्ने प्रचलन अन्त्य हुने अड्काल काटिरहेका देखिन्थे ।
समाजका संस्थापक अध्यक्ष काशी शर्माको सभापतित्वमा भएको उक्त नयां वर्ष शुभकामना कार्यक्रम लामो भाषण भन्दा मनोरञ्जनमै केन्द्रित रह्यो । शुभकामना दिनेमा दूतावासका थर्ड सेक्रेटरी सूर्य थापा, साझा नेपाली समाज बेलायतका अध्यक्ष राजु कंडेल र सभापति शर्मामात्र थिए । प्रचार विभाग प्रमुख भुपेन्द्र पाठकले सञ्चालन गरेको कार्यक्रममा समाजका महासचिव कृष्ण ढकालले स्वागत मन्तव्य दिएका थिए ।
उक्त अवसरमा लोक गायक गायिका खुमन अधिकारी र देवी घर्तीमगरले निरन्तर गीत गाएर मनोरञ्जन दिलाए । स्थानीय कलाकारहरु अनुस्का पाठक, योजना पाण्डे, सरु शर्मा, जानकी गैरे लगायतको आकर्षक नृत्यले पनि सहभागीको मन जित्यो ।
शहीदहरुको सम्झनामा एक मिनेट मौनधारण र राष्ट्रिय गीतपछि अघि बढेको शुभकामना कार्यक्रममा सयौं नेपाली सहभागी भए ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी