काठमाडौं। महिनौंदेखि एक किशोरीलाई बन्धक बनाई यौन शोषण गर्दै आएको आरोपमा महोत्तरी प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको हरिहरपुर हरिणमरी गाविस–५ बस्ने ५५ वर्षीय भोगेन्द्र चौधरी रहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । 
पक्राउ परेका चौधरीले गत भदौ महिनादेखि नै बारा जिल्ला घर भएका १५ वर्षीया एक किशोरीलाई बन्धक बनाई यौन शोषण गर्दै आएको पीडित युवतीले आरोप लगाएकी छिन् ।बारा जिल्ला घर भएकी ती किसोरी बुबा, आमासहित स–परिवार भारतको पञ्जाबमा बस्दै आएकी थिइन् । पक्राउ परेका चौधरीका ६० वर्षीय दाजु रामबहादुर चौधरीले गत जेठ महिनामा ती किशोरीलाई ललाइफकाई नेपालको महोत्तरीको हरिहरपुर हरिणमरी आफ्नो घरमा ल्याएर बन्धक बनाई यौन शोषण गर्दै आएका थिए ।
गत भदौ महिनामा दाजु रामबहादुर अचानक ती किशोरीलाई भाइको भोगेन्द्रको घरमा छाडी गायब भएपछि गत भदौदेखि भाइ भोगेन्द्रले युवतीलाई यौन शोषण गर्दै आएका थिए ।यसैबीच, भारतको पञ्जाबबाट छोरीको खोजबिन गर्दै युवतीको आमा महोत्तरी आइपुगेकी हुन् र उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दिएको जाहेरीको आधारमा आज खटिगएको प्रहरीको विशेष टोलीले भोगेन्द्रलाई ती किशोरीलाई बन्धक बनाई घरमा राखेकै अवस्थामा पक्राउ गरेको हो। प्रहरीले पीडित किशोरीलाई स्वास्थ्य जाँच गराउन जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ। पीडक चौधरीलाई जिप्रका महोत्तरीमा राखी आवश्यक अनुसन्धान सुरु गरिएको छ। पीडकका दाजु रामबहादुर चौधरीको खोजीमा प्रहरी परिचालन गरिसकिएको जिप्रका महोत्तरीले जनाएको छ ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह