काठमाडौं। भारतको मुम्बइमा नेपाली युवती खरिद गरेर बेश्यावृत्तिमा लगाउने एक महिला अदालत फैसलाको १६ वर्षपछि काठमाडौंको बौद्धबाट पक्राउ परेकी छिन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भारतमा कोठी सञ्चालन गरेकी सरस्वती लामालाई बुधबार पक्राउ गरेको हो।
नेपालबाट लगिएका चेलीहरुलाई खरिद गरेर केही समय वेश्यावृत्तिमा लगाएर लामाले अर्को वेश्यालयलाई बेच्दै आएकी थिइन्।
भारतको वेश्यालयमा बेचिएको नेपाली युवतीहरु भारतीय प्रहरीले उद्दार गरेर नेपाल फर्काएपछि दलालहरु कृष्ण परियार र रमेश रामसँग लामाविरुद्ध २०५३ सालमा काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको थियो। २०५५ बैशाख २७ गते अदालतले लामालाई दस वर्ष जेल सजाय सुनाएको थियो।
भारतमै त्यस समयमा रहँदै आएको लामाको जेल सजाय भुक्तानी बाँकी थियो। पछि उनी नेपाल आइन तर गुपचुप रुपमा बस्दै आएकी थिइन्। लामा ६० वर्षकी छिन्।
भारतका विभिन्न शहरमा हजारौंको संख्यामा बेचिएका युवतीहरु छन्।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न