काठमाडौं। एकीकृत नेकपा माओवादी नेतृत्वको तीस दलीय मोर्चाले पूर्वघोषित आन्दोलनका कार्यक्रमध्ये मंगलबारदेखि एक साताको कार्यक्रम फिर्ता लिएको छ। सिंहदरबारस्थित एमाओवादी संसदीय कार्यालयमा सोमबार बसेको मोर्चाको बैठकले दोस्रो चरणको कार्यक्रम अन्तर्गत तीनदिने आमहडतालबाहेक सबै कार्यक्रम फिर्ता लिएको हो। यसअघि आइतबार मात्रै मोर्चाले देशव्यापी रुपमा लाठी जुलुस गरेको थियो। त्यसक्रममा विभिन्न स्थानमा झडप भएका थिए। अब १७ देखि २३ गतेसम्मका कुनै कार्यक्रम हुने छैन।
बैठकमा मोर्चा संयोजक तथा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा चैत १९ गतेको नेपाल बन्दसहितका कार्यक्रम फिर्ता लिनुपर्ने प्रस्ताव गरेका थिए। उनले प्रस्ताव राख्दा मधेसकेन्द्रित दलका शीर्ष नेताले भने आपत्ति जनाएका थिए।
दाहालले बैठकको सुरुमा नै आन्दोलन फिर्ता लिने प्रस्ताव गरेपछि महतोसहित मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई/मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्र राय यादवले आपत्ति जनाएका थिए।’
घोषित तीनदिने आमहडताल सफल बनाउन सात दिनको कार्यक्रम परिमार्जन गरिएको यादवको भनाइ छ ।
मोर्चाको निर्णयपछि जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने, मसाल जुलुस गर्ने, कार्यालय बन्द गराउने, नाकाबन्दी गर्ने, राजस्व कर असुली रोक्का गर्नेलगायतका कार्यक्रम नहुने भएका छन्। दाहालले कांग्रेस एमालेले सहमति नचाहेकाले छिट्टै निर्णायक आन्दोलन जरुरी भएको बताए।
मोर्चाले सातादिनदेखि अनशनरत डा. गोविन्द केसीको मागलाई समर्थन गर्दै सम्बोधन गर्नका लागि सरकारसँग आग्रह गर्ने निर्णयसमेत गरेको छ। भिसा प्रोसेसिङ विदेशी तथा निजी कम्पनीलाई दिने सरकारी तयारीप्रति मोर्चाले आपत्ति जनाएको छ।
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]